धनुषाको धनौजी गाउँपालिकामा लोसपाबाट जीवेन्द्र झा अध्यक्ष पदमा उम्मेदवार सिफारिस
जिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।

२०७८ चैत २८ सोमबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि विभिन्न दलहरुले उम्मेदवार सिफारिसलाई तिव्रता दिएको छ ।
सोही क्रममा धनुषाको धनौजी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गाउँपालिका अध्यक्ष उम्मेदवारको लागि जीवेन्द्र झालाई सिफारिस गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका सक्रिय युवा नेता जीवेन्द्र झालाई पार्टीले गाउँपालिका अध्यक्षको लागि सिफारिस गरेको हो ।
गत चैत्त २५ बसेको पार्टीको बैठकबाट धनौजी गाउँपालिकाबाट लोसपाको मेयरमा झालाई सिफारिस गरेको हो ।
को हुन जिवेन्द्र झा ?
जिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।
गत चुनावमा झिनो मतान्तरले पराजित भएका झाको पार्टीमा लगानी र जनतामा उनको क्रियाकलापलाई मूल्याँकन गर्दैै उम्मेदवार सिफारिस गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…