अन्तोअन्त बचाउ सकिएनन् डाक्टर ऋषी मण्डल, सबै सम्पति बेचिए
उनको उपचारको लागि उनका साथीभाईहरु सहित अन्य सँघसँस्थाहरुले आर्थिक सहयोग गर्दै आएको थियो ।

२०७८ चैत २० आइतबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा कमला नगरपालिका वडा नम्बर २ सराबे टोल बस्ने धर्मावतार मण्डलका छोरा डाक्टर ऋषी मण्डललाई अन्तोअन्तसम्म बचाउ सकिएनन् ।
फोक्सोको क्यान्सरबाट ग्रसित रहेको बेला डा. ऋषी मण्डललाई बचाउनको लागि विभिन्न तह तप्काबाट सहयोग गरिएपनि उनलाई बचाउन सकिएनन् ।
क्यान्सरबाट पीडित मण्डललाई उपचारको लागि महिनौदेखि जनकपुरको रामजानकी अस्पतालमा उपचार भइरहेको थियो । उनी महिनौदेखि जीवन र मृत्यूसँग लडिरहँदा उनको भएभरको सबै सम्पति बेचिएको हो ।
शिक्षक पेशबाट अवकाश प्राप्त उनका बुवा धर्मावतार मण्डलले छोरा बचाउनको लागि आफ्नो भएभरको सम्पति बेचिदिए तैपनि उनलाई बचाउन भने सकेनन् ।
करिब ४० ला रुपैयाँ भारतको दिल्लीमै खर्चेको तथा जनकपुरमा समेत अस्पतालमा उनको उपचारमा लाखौँ रुपैयाँ खर्च हुँदा पनि उनलाई बचाउन भने सकिएनन् ।
डाक्टर मण्डलको गएराती (शनिबार) ९ बजेको समयमा अल्पायूमै मृत्यू भएको परिवारिक श्रोतले जनाएको छ । उनको ३३ बर्षको उमेरमा मृत्यू भएको हो ।
डाक्टर ऋषीको एक अढाई बर्षका छोरा र श्रीमति हुन् । उनको घरपरिवारको अवस्था एकदमै थलालिँग भएको छ भने उनको आमाबुवाको अवस्था दयनीय भएको छ ।
उनको उपचारको लागि उनका साथीभाईहरु सहित अन्य सँघसँस्थाहरुले आर्थिक सहयोग गर्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…