अनाथ बच्चा पाल्न सांसद महतोद्वारा गाई प्रदान
प्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – “बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘ । सर्लाही, चन्द्रनगर गाउँपालिका वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा (आमा नभएको) नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।

२०७८ चैत १७ बिहीबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही। प्रदेश सभा सदस्य उपेन्द्र महतोले अनाथ जुम्ल्याहा पाल्न एउटा दुधालु गाई सहयोग गरेका छन् ।
चन्द्रनगर गाउँपालिकाका लालीको आर्थिक अवस्था दयनीय रहेको र आफ्नो अनाथ जुम्ल्या नाती पाल्न धाउधाउ परिरहेको बेला यस क्षेत्रका प्रदेश सभा सदस्य उपेन्द्र महतोले एउटा दुधालु गाई सहयोग गरेको हो।
यताउताबाट पैसा सहयोग मागेर चार महिना देखी दुबै बच्चालाई दुध खुवाउँदै आईरहेका लालीलाई विहिबार गाई पाए पश्चात अब आफुले दुबै बच्चा हुर्काउन सक्ने र कसैसामु हाथ फैलीउनु नपर्ने बताए।
चन्द्रनगर गाउँपालिकाको वार्ड नम्बर २, बबरगंज का किसुनदेव माँझी ‘लाली’ ले आफ्नो छोरी पूनम माँझीको तीन वर्ष पहिले सर्लाही कै हरिपुर्वा नगरपालिकाको बसतपुर निवासी रामचन्द्र माँझीसँग बिवाह गरेका थिए। चार महिना अघि पूनमले जुम्ल्याहा छोरालाई जन्म दिएकी थिईन्।
बच्चा जन्माउने क्रममै सिकिस्त बिरामी भएकी आफ्नो छोरीलाई अथक प्रयास पश्चात पनि बचाउन नसकेको लालीले बताइन् ।
लाली भन्छन् ‘ मेरो छोरी पूनमको मृत्यु पश्चात ज्वाईले जुम्ल्याहा छोरालाई यहीं छोडेको र आफ्नो आर्थिक अवस्था दयनीय भएकोले बच्चा पाल्न धाउधाउ परिरहेको छ’।
लाली थप्छन्, ‘ हाम्रो निर्वाचन क्षेत्रको माननिय उपेन्द्र महतोको बारेमा धेरै सुनेको थिएँ क्षेत्रको बिकासको साथसाथै ज़रूरतमन्दलाई सहयोग पनि गर्नुहुन्छ भनेर, त्यसैले माननियजी को नजिकको मान्छे मदन पूर्वेलाई सहयोग गराईदिन आग्रह गरेको थिएँ र आज एउटा गाई सहयोग स्वरूप पाएकोछु। म तँपाईको मिडीया मार्फ़त माननिय जीलीई धेरै धेरै धन्यवाद भन्नचाहन्छु’।
प्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – “बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘ । सर्लाही, चन्द्रनगर गाउँपालिका वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा (आमा नभएको) नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…