दुई मोसा ठक्कर हुँदा दुई जनाको मृत्यू, दुईको अवस्था गम्भिर
तिब्र गतिमा रहेका दुवै मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताए ।

२०७८ चैत १७ बिहीबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको वीरगँज क्षेत्रस्थित मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।
पर्साको पोखरीयामा विहिबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पर्साको पोखरीया नगरपालिका वडा नं ४ स्थित नहरछेउको सडकडमा विबिार बिहान साढे १०ः३० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ नम्बरको र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा पुगी घाईतेहरु लाई उद्धार गरि उपचारको लागि नारायणी अस्पतालमा पठाएको र मृतकहरुलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाए छन।
मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका ३ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका गाउँ निवासी २९ वर्षिय हसिन्दर सहनी रहेका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोेबीनी गाउँपालिका ३ गुलरिया का ३० वर्षिय रोजदिन मियाँ , सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ एकडरवाका गाउँ निवासी रंजित महत्तो र सोही गाउँ बस्ने १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् ।
घाइते तीनै जनाको वीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
तिब्र गतिमा रहेका दुवै मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…