जम्काभेट पुस्ताकालयको १५ औं सधाराण सभा सम्पन्न
पुस्तकालयको लागि चिरञ्जीवी गिरि, टिका प्रसाद गिरि ,महेन्द्र विक्रम कार्की शेखर पौडेल उमेश रेग्मी , सुनिल मुखिया ,रमेश परियार र डा. कृष्णहरि घिमिरे समितिमा सर्वसहमतिले चयन भए ।

२०७८ चैत ८ मंगलबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० लालगढमा रहेको जम्काभेट पुस्ताकलय लालगढको १५ औं साधारण सभासम्पन्न भएको छ ।
जीवन थापाको अध्यक्षता तथा वडा अध्यक्ष सवीन विक्रम थापाको प्रमुख आतिथ्यमा संस्थाको सभाहलमा १५ औँ साधारण सभा सम्पन्न भएको हो ।
२०२६ सालमा स्थापना भएको संस्थाको आजिवन सद्स्य तथा शिक्षा प्रेमी युवाहरूको उपस्थितिमा सम्पन्न सभामा ढुन्दिराज पोख्रेलले प्रगति र टीका प्रसाद गिरिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
प्रस्तुत प्रतिवेदनहरुलाई अनुमोदन गर्दै सभा नयाँ कार्यसमिति ढुन्दिराज पोख्रेलको नेतुर्तवमा चयन गरिएको हो ।
पुस्तकालयको लागि चिरञ्जीवी गिरि, टिका प्रसाद गिरि ,महेन्द्र विक्रम कार्की शेखर पौडेल उमेश रेग्मी , सुनिल मुखिया ,रमेश परियार र डा. कृष्णहरि घिमिरे समितिमा सर्वसहमतिले चयन भए ।
कार्यक्रममा स्वागत मन्तव्य शिव कुमार खड्काले राखेका थिए भने कार्यक्रम संचालन कमल कार्किले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…