धनुषाधाम नगरपालिकाले मनायो भव्य ११२ औँ नारी दिवस, महिलाहरुलाई सम्मान
सो कार्यक्रममा नगरपालिकाको लेखा प्रमुख प्रशान्तदेव यादव, महिला शाखा अधिकृत शालनी झा, वडा नं २ का अध्यक्ष प्रभुनारायाण साह,३ का राजकिशोर साह ४ का परिक्षण यादव ,६ का सुक्रीट महतो लगायतको सहभागी थियो ।

२०७८ फागुन २४ मंगलबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस धनुषाधाम नगरपालिकामा भव्यताको साथ मनाएको छ ।
प्रत्येक बर्ष ८ मार्चको दिन मनाइने अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनुषाधाम नगरपालिकाले एक समारोहको आयोजना गरी कार्यक्रम भव्यताको साथ मनाएको छ ।
धनुषाधाम नगरपालिकाकी नगर उपप्रमुख विद्यादेवी भुजेलको सभापतिमा आयोजना गरिएको महिला दिवसको समारोह कार्यक्रममा महिलाको हकाधिकार क्षेत्रमा विभिन्न तवरले सहयोग पुरयाएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
“सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ धनुषाधाम नगरपालिकाको प्राङ्गणमा ११२ औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको हो ।
सो कार्यक्रममा बोल्दै उपमेयर भुजेलले सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितताको साथ अग्रसर हुनु पर्ने बताइन् । महिलाहरु अहिले पछाडिको दिन बिर्सेर महिलाबाट महिलालाई सहयोग गर्नु पर्ने उनले थपिन् । उनले साथै आफ्नो अधिकारका लागि खोलेर बोल्न सक्नु नै नारी दिवसको असल मतलब हुने बताइन् ।

सोही कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासले नारी दिवस जस्तो कार्यक्रम गरेर समाज परिवर्तन तर्फ जाने बिश्वास व्यक्त गर्नुको साथै एक आपसमा सद्भाव वृद्धि हुने पनि बताए ।
नगरपालिकाको कार्यालयस्थित भव्ययताका साथ मनाएको कार्यक्रममा सहभागीहरुलाई गम्छा, दोसल्ला, अबिर लगाएर सम्मान समेत गरेका छ्न ।
सो कार्यक्रममा नगरपालिकाको लेखा प्रमुख प्रशान्तदेव यादव, महिला शाखा अधिकृत शालनी झा, वडा नं २ का अध्यक्ष प्रभुनारायाण साह,३ का राजकिशोर साह ४ का परिक्षण यादव ,६ का सुक्रीट महतो लगायतको सहभागी थियो ।
कविता ठाकुरले सँचालन गरेको सो कार्यक्रममा करिब ४ सय जनाको हाराहारीमा उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…