देशको अधिकाँश घरमा एक लोकल 'ओरकेष्ट्राबाली छौडी'
'आरकेष्ट्राबाली छौडी' – यो शब्द ५ बर्ष अगाडीसम्म मात्र तराई मधेशमा अधिक सुनिन्थ्यो । भारतको बिहारबाट मेलामा महिला नर्तकी मगाउँदा उनीहरुलाई ओरकेष्ट्राबाली छौडी भनिन्थयो । उनीहरु १५ बर्ष अगाडी मोटो रकम लिएर नाच्थिन र उनीहरुलाई हेर्नको लागि गाउँ गाउँबाट पुरुषहरु जान्थ्यो । दुर दराजमा पनि फलानो गाउँमा ओ

२०७८ फागुन २४ मंगलबार, बिहान १०:०६ बजे४ मिनेट पढाइ

'आरकेष्ट्राबाली छौडी'– यो शब्द ५ बर्ष अगाडीसम्म मात्र तराई मधेशमा अधिक सुनिन्थ्यो । भारतको बिहारबाट मेलामा महिला नर्तकी मगाउँदा उनीहरुलाई ओरकेष्ट्राबाली छौडी भनिन्थयो ।
उनीहरु १५ बर्ष अगाडी मोटो रकम लिएर नाच्थिन र उनीहरुलाई हेर्नको लागि गाउँ गाउँबाट पुरुषहरु जान्थ्यो । दुर दराजमा पनि फलानो गाउँमा ओरकेष्ट्राबाली छौडी आएको भनेर सुन्दा २० किलोमिटरसम्म हिँडेर ओरकेष्ट्राबाली छौडीको नाच हेर्न जाने गर्दथ्यो ।
'ओरकेष्ट्राबाली छौडी' शब्द अलिक हेपाहा र अश्लिल प्रकारको लाग्न सक्छ, तर यथार्थ पनि यही हो । महिला नर्तकीले अश्लिल प्रकारको नाच, समाजलाई अपच हुने खाले नाच गर्ने महिलालाई ओरकेष्टबाली छौडी भनिन्छ ।
अब, १५ बर्षपछिको कुरा पनि ओरकेष्ट्राबाली छौडीहरु नेपालमै भेटिन थालेको छ । पहिला ओरकेष्ट्राबाली छौडीलाई छिमेकी मुलुक भारतको बिहारबाट मगाइन्थ्यो । त्यसमा पेट पाल्न विपन्न, गरिबकी छोरीहरु बाध्य भएर अँग प्रदर्शन गर्दै नाच्न बाध्य थिइन् ।
@radhikadangoriya28yo video ma k xa rw tiktok ley delete gardey xa ????????????????????????????????????#fypシ゚viral????video????foryou????????????????@sirjana__chaudharysOnG cHai hO k Hana Bebs????????
♬ original sound - Bhojpuri Queen ????????????
अहिले उनीहरुको जीवनस्तर फेरिएको छ, यद्यपी अधिकांश छौडीहरु उत्तैबाट अहिले पनि आउँछिन् । तर, त्यो पनि अब यहाँकी छौडीहरुले नै ओरकेष्ट्रा नाच्न थालेपछि भारत विहारको ओरकेष्ट्राबालीहरु कमै आउँछन् ।
फरक यति मात्र ंछ, विहारबाट आउने ओरकेष्ट्राबालीहरु मँचमा अँग प्रदर्शन गरी पैसा माग्छिन भने यहाँकी ओरकेष्ट्राबाली छौडीहरु टिकटक, ईन्टाग्रामको रिलमा अँग प्रदर्शन गरी पैसा माग्ने गरेको देखिन्छ ।
त्यतिबेला पनि ओरकेष्ट्राबाली छौडीहरुलाई बिदेशबाट कमाएर आएका, धनाढय व्यक्ति, गाउँका धनी व्यक्तिहरुले ५००, १००० रुपैयाँको नोट लुटाउँथ्यो । अहिले दुनियाँ डिजिटल हुँदा घर परिवार त्यागेर विदेश कमाउन गएका मधेसीया छौडाहरु टिकटकमा हजारौँ रुपैयाँको गिफ्ट उही लोकल ओरकेष्ट्राबाली छौडीहरुलाई दिने गरेको छ ।
@pritypaswan_05#priti_dance_stage_show #sahani05 #Amrendra #amrendrasahani05
♬ original sound - ❌ DiL???? Ka ❤️ Razaa❌
लोकल छौडीहरुले डिजिटल प्लेटफर्म टिकटक मार्फत अँग प्रदर्शनसहितको मुजरा, नाच गरिरहेकी छिन् । त्यसैले अहिले देशको अधिकांश घरमा ओरकेष्ट्राबाली छौडी हेर्न पाइन्छ ।
कति लोकल छौडीहरु त स्टेजमै पनि नाच्न गएको देखिन्छ । लोकल छौडाहरुले उनीहरुलाई टिकटबाटै प्रभावमा पारेर अँग प्रदर्शन गरेर नाच्न लगाएको देखिन्छ ।
हुनतः ती ओरकेष्ट्राबाली छौडीहरु र उनका अभिभावकहरुले यसलाई “कला” कलाकारिता भनेर आफुलाई खुसी पार्ने र सन्तुष्ट पार्ने प्रयास गर्दैछ , तर पनि उनीहरुको बहीनी, छोरी ओरकेष्ट्रामा नाचेको भनेर स्वीकार गर्न हिच्कीचाएको मात्र देखिन्छ ।
टिकटक प्लेटफर्ममा विद्धानहरु पनि छन् । समझदार र समाजिक हितको कुराहरु राख्ने मानिसहरु पनि छन् । वकिलदेखि कर्मचारीहरुपनि छन् । तर, लोकल ओरकेष्ट्राबाली छौडीहरुले त्यो प्लटेफर्मलाई पनि अँग प्रदर्शनले अप्रतिबन्धित पोर्न साइटझैँ बनाईदिएको देख्न सकिन्छ ।
समाजको एउटा आफ्नै नियम छ । जो नियमभित्र यहाँका मानिसहरुले चल्नुपर्छ, नियम मान्नुपर्छ । सोही नियमलाई अहिले ती लोकल ओरकेष्ट्राबाली छौडीहरुले मजाक उठाएको देख्न सकिन्छ ।
स्वतन्त्रता हुँदैमा यहाँ वर्तमान समाजमा नाँगो हिडने अधिकार कसैलाई छैन । यो समाजको नियम हो । आफू स्वतन्त्र छु भन्दैमा समाजको परिधीभित्र जे पनि गर्ने छुट कहाँ छ र ?
@sofiyaji2#garmi #hotseen???????????? #sofiya_fan #sexy #jannat #masti
♬ original sound - Kavita
टिकटकमा देखिने तराई मधेशीकी अधिकांश छोरी चेलीहरु पढाई लेखाई छोडेर पूर्णतः समय टिकटकमा नाच्ने गरिन्छ । त्यसको लागि साताको ७ दिनको लागि १४ प्रकारको कपडा किन्न आमाबुवालाई ठग्ने गरेको देखिन्छ ।
मात्र टिकटक बनाउनको लागि उनीहरुले आमाबुवालाई दबाब दिएर भएपनि, ऋण उठाएर भएपनि, ४ बोयफ्रेण्ड राखेर भएपनि टिकटकमा नाच्न उनलाई दिनको दुई सेट कपडा फरक फरक हेर्न मिल्छ । टिकटकको फेक लाईक र भिउजको चक्करमा सोही कपडा विस्तारै उतार्दै अनलाईन मुजरा गर्दै देखिन्छन् ।
केही बर्षअघि कपडा उतारेर निरवस्त्र हुँदै “थेटर” आउँथ्यो नाच्न । त्यसमा नाच्ने गरिबकी छोरीको अँग हेर्न धनीहरु मोटो रकम खर्च गर्थे । तर, अहिले त्यही धनीकी छोरीहरु निरवस्त्र भएर, आधी वस्त्र भएर फ्रि मै अनलाईन लोकल ओरकेष्ट्रा गर्दा गरिबहरु हेर्न पाएको छ ।
त्यतिबेला धनीहरुले पैसा खर्च गरेर गरिबकी छोरी नचाउँथे, अहिले उनकी छोरीहरु टिकटकमा फ्रि सेवा दिएको छ । धेरै जनाले अनलाईन खर्च गरेको देख्न सकिन्छ । गरिबकै छोराहरु जो विदेश गएका छन कमाउन, उनीहरुले हजारौँको गिफ्ट ती धनीकी छोरीहरुलाई कपडा उतार्ने शर्तमा दिँदैछन् ।
उनीहरु कपडा उतारेर टिकटकमा ओरकेष्ट्रा नाच्ने गरिन्छ । स्कूल, कलेजका विद्यार्थीहरुले कलेज बँक गरी, स्कूल बँक गरी विभिन्न पार्कमा गएर टिकटक बनाउनमा मस्त छन् । यसले शिक्षाको स्तर त झन खस्किँदै गएको छ तर, पैसा चैँ कमाउन थालेकी छन् ।
त्यसैले, अहिले देशको अधिकांश घरमा लोकल ओरकेष्ट्राबाली छौडी छन् । ओरकेष्ट्राको लागि उनीहरुले जतिबेला पनि सट्टा गर्न तयार छन् ।
(टिकटकमा देखिने कन्टेन्ट, विषयवस्तुहरुको आधारमा लेख)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…