जनकपुरमा ट्रिपरको ठक्करले गाई मरे, चक्काजाम
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । जनकपुरमा आज अपरान्ह ट्रिपरले ठक्कर दिँदा गाईको बाछा मरेपछि चक्काजाम गरिएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा आज अपरान्ह करिब ७ः३० बजे बा २ ख ५६९२ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भिर घाईते भएको गाईको बाछा केही बेर अघि करिब ९ः३० बजे मरेपछि स्थानीयह

२०७४ चैत १३ मंगलबार, राति १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १३ चैत्त । जनकपुरमा आज अपरान्ह ट्रिपरले ठक्कर दिँदा गाईको बाछा मरेपछि चक्काजाम गरिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा आज अपरान्ह करिब ७ः३० बजे बा २ ख ५६९२ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भिर घाईते भएको गाईको बाछा केही बेर अघि करिब ९ः३० बजे मरेपछि स्थानीयहरुले नगरपालिकाको विरोधमा चक्काजाम सहित नारावाजी समेत गरेका छन् ।
ठक्कर दिएपछि गम्भिर घाईते भएको गाईको बाछालाई चोकमै राखेर नगरपालिका कार्यालयलाई जानकारी गराएपनि नगरपालिका कार्यालयले कुनै चासो नलिएपछि बाछाको मृत्यू भएको भन्दै स्थानीयहरुले नगरपालिका विरुद्ध नारावाजी गर्दै केही समय चक्काजाम समेत गरेका थिए ।
यता, ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…