धनुषाको भुषी खोलामा बन्दै गरेको पुलको मेयर मण्डलद्धारा निरन्तर अनुगमन
करिब १ करोड लागतमा निर्माण हुन लागेको सो पुलको अनुगमनको लागि वडा नम्बर ३ का अध्यक्ष राजकिशोर साह, वडा नम्बर ५ का इन्द्रकुमार महतो ,युवा नेता रामपुकार यादव, नगरपालिकाका अभरसियर रामइश्वर यादव लगायत स्थानीयहरुको रोहबरमा निरन्तर अनुगमन गरिएको हो ।

२०७८ माघ २४ सोमबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित भुषी खोलामा बन्न लागेको पुलको निरन्तर अनुगमन जारी राखिएको छ ।
धनुषाधाम नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत धनुषाधाम देखि तेजनगर जाने बाटोमा भुषिखोलामा निर्माणधीन पुलको गुणस्तरमा कुनै सम्झौता नहोस भन्ने उदेश्यले निरन्तर अनुगमन गरिएको छ ।
नगर प्रमुख बालेश्वर मण्डलको अगुवाईमा स्थानीय जनप्रतिनीधि र कर्मचारी सम्मलित टोलीले सो निर्माणधिन पुलको अनुगमन गरेका छन् । सोमबार पुल निर्माणस्थलमा पुगेको टोलीले पुलमा प्रयोग हुने समाग्री, आधार, कामकाजको अनुगमन गरेका हुन् ।
नगर प्रमुख बालेश्वर मण्डल उपप्रमुख बिध्यादेबी भुजेल र वडा नं ३ का अध्यक्ष राजकिशोर साहले गत पुस २३ गते सँयुक्त रुपमा गरेको शिलान्यासपछि निरन्तर अनुगमन थालिएको हो ।
राजन एण्ड रोशन कन्स्ट्रक्सन प्रा. लि. को ठेक्कामा परेको ठेक्कामा पुलको काम आउँदो चैत्र महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य बढाएको बताइएको छ ।
विभिन्न ठाउँमा निर्माधिन अवस्थामै प्राविधिक गडबडी र कमसल वस्तु प्रयोगपछि हुने गरेको क्षति तथा गुणस्तरीयहिन पुल निर्माणको समाचारहरु बाहिर आएपछि मेयर मण्डलले सुरुदेखि नै अनुगमनलाई निरन्तरता दिएका छन् ।
८१ लाख लागतमा निर्माण हुन लागेको सो पुलको अनुगमनको लागि वडा नम्बर ३ का अध्यक्ष राजकिशोर साह, वडा नम्बर ५ का इन्द्रकुमार महतो ,युवा नेता रामपुकार यादव, नगरपालिकाका अभरसियर रामइश्वर यादव लगायत स्थानीयहरुको रोहबरमा निरन्तर अनुगमन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…