सिरहामा अमर्यादित बन्दै एसईई परिक्षा, केन्द्र भित्रै सेटिङ्ग, व्यापक चिट चोरी
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १३ चैत्र । अहिले संचालन भईरहेको एसईई परिक्षामा सिरहामा केन्द्राध्यक्षहरुको मिलेमतोमा व्यापक चिट चोरी भईरहेको पाइएको छ । चिट चोरीलाई ढाकछोप गर्न परिक्षा केन्द्रमा खटिएका प्रशासणले अनुगमन टोलीलाई बिभिन्न बहानामा प्रवेशद्धारमै अल्झाई बिद्यार्थीहरुलाई सतर्क गराई मात्र प्रब

२०७४ चैत १३ मंगलबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १३ चैत्र । अहिले संचालन भईरहेको एसईई परिक्षामा सिरहामा केन्द्राध्यक्षहरुको मिलेमतोमा व्यापक चिट चोरी भईरहेको पाइएको छ ।
चिट चोरीलाई ढाकछोप गर्न परिक्षा केन्द्रमा खटिएका प्रशासणले अनुगमन टोलीलाई बिभिन्न बहानामा प्रवेशद्धारमै अल्झाई बिद्यार्थीहरुलाई सतर्क गराई मात्र प्रबेश गर्न दिने गरेको छ ।
यसवर्ष पत्रकारहरुलाई जिल्लामा संचालित एसर्ईई परीक्षाको स्वतन्त्र अनुगन गर्न परिक्षा समितिले बन्देज लगाएको छ । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पत्रकारहरुलाई शिक्षा कार्यालयको अनुगमन टोलीसँगै घुम्ने व्यवस्था मिलाएको भएपनि उनीहरुले कुनैपनि पत्रकारलाई सहभागि गरेका छैनन् ।
सिरहाका विभिन्न परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुले निजि बिद्यालयहरुसंग मोटो रकमको चलखेल गरि परिक्षा अर्मयादित बनाएको भेटिएको छ । सिरहाका अधिकांश परीक्षा केन्द्रहरुको हालत यस्तै रहेको छ । केन्द्रको बाहिरी भागमा व्यापक प्रहरी परिचालन गरिएपनि सेटिङमा चिट परीक्षार्थीसम्म पुग्ने गरेको हो ।
परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ३-४ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ ।
परिक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा मर्यादित तवरले परिक्षा संचालन भइरहेको दाबी गर्नु र परिक्षार्थीहरु परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ ।
परिक्षा केन्द्रहरुमा कसैलाई नास्ता नखुबाउने नियम भएपनि जिल्लाका अधिकांश केन्द्राध्यक्षहरुले परिक्षामा खटिएका प्रशासन र गार्डहरुलाई नास्ता खुबाउने गरिएको छ ।
सिरहामा यस वर्ष कुल ३८ परीक्षा केन्द्रमा ७५ सामुदायीक र ५७ संस्थागत विद्यालयसहित एकसय ३२ विद्यालयका ९ हजार दुई सय ८४ जना विद्यार्थी सहभागी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…