धनुषाधाम नगरपालिकामा निःशूल्क आँखा शिविर, लहानमा निःशूल्क अपरेशन हुने
आँखा अस्पतालहरुमा आँखाका विरामीहरुले मोटो रकम तिरेर अपरेशन गर्नुपर्ने बाध्यतालाई कम गर्ने तथा नगरका गरिब, निमुखाहरुलाई सहुलियत दिने गरी प्रत्येक वर्ष नै आँखा शिविर सँचालन गर्दै आएको छ ।

२०७८ माघ ६ बिहीबार, बिहान ७:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको आयोजनामा तिन दिने आँखा शिविर बुधबार सम्पन्न भएको छ ।
सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा धनुषाधाम नगरपालिकाको आर्थिक सहयोगमा तिन दिने सबै वडाका आँखा बिरामीहरुको लागि निःशूल्क आँखा शिविर सम्पन्न भएको हो।
तिनदिने शिविर अन्तर्गत धनुषाधाम नगपालिका वडा नं. ९ मुलाबारीमा माघ ३ गते, धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित माघ ४ गते र धनुषाधाम बजारमा माघ ५ गते गरी तिनदिन ९ वटै वडालाई समेटेर शिविर सँचालन भएको थियो ।
जसमा पहिलो दिन ३५० जना आँखा विरामीको नामावली दर्ता गरिएकोमा चश्मा ९० जना निःशूल्क प्रदान गरिएको थियो भने बाँकी ८० जनालाई अप्रेशनको लागि तयार गरिएको हो । अन्य बाँकीलाई औषधी नै वितरण गरिएको जनाइएको छ ।
त्यसैगरी पर्वतामा ३२२ जनाको नामावली दर्ता गरिएको चश्मा १८० जना लाई १०५ जनालाई अप्रेसन वाकी लाई औषधि धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा ४३६ जनाको नामावली दर्ता गरिएको १८६ जनालाई अप्रेसन चश्मा १४८ जनालाइ वाकी लाई औषधि वितरण गरिएको दिएको स्वास्थ्य संयोजक हरिनारायण साहले बताए ।
नगरमा प्रत्येक साल आँखा शिविर गर्दै आएको यो शिविरले नगरमा जनताको ठूलो सहुलियत हुँदै आएको अनुरुप नगरपालिका शिविरको योजना छुटयाउने गरिएको नगरप्रमुख बालेश्वर मण्डलले बताए । यस्ता शिविर नगरमा आउँदा जनताहरु हर्षित हुँदै जनप्रतिनिधिको प्रशंसा समेत गर्ने गरिएको छ ।
आँखा अस्पतालहरुमा आँखाका विरामीहरुले मोटो रकम तिरेर अपरेशन गर्नुपर्ने बाध्यतालाई कम गर्ने तथा नगरका गरिब, निमुखाहरुलाई सहुलियत दिने गरी प्रत्येक वर्ष नै आँखा शिविर सँचालन गर्दै आएको छ ।
सो शिविरमा नगरप्रमुख बालेश्वर मण्डल, उप प्रमुख बिध्या देवि भुजेल ,वडा अध्यक्ष इन्द्र कुमार महतो, प्रमुख प्रशासकीय अधिकृत संजित दास लगायतका नगरपालिका कार्यालयका सम्बन्धित व्यक्तिहले अनुगमन गर्दै जनतालाई सहज हुने गरि वातावरण मिलाउँदै सहयोग समेत गरेका थिए।
आउँदो आईतबार र मँगलबारको दिन चौधरी आँखा अस्पतालबाट धनुषाधाम बजारमा आउने अस्पतालको बसमा अपरेशन गर्नुपर्ने विरामीहरुलाई लिएर जाने बुझिएको छ । उनीहरुको अपरेशन निःशुल्क हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…