जनकपुरका मेयर साहले गरे ट्वाइलेटको उद्घाटन
उनले सामुदायिक विद्यालयहरुको भौतिक संरचना स्वानीय सरकारले निर्माण गर्नेहो तर, बालबालिकाको भविष्यको निर्माण शिक्षक, शिक्षिकाले गर्ने भएकाले इमान्दारीका साथ अध्ययापन गराउनकालागि आग्रह गरेका थिए ।

२०७८ पुस २८ बुधबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले छात्रामैत्री ट्वाईलेट (शौचालय) को समुद्घाटन गरेका छन् ।
मँगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको विसपिट्टी माध्यमिक विद्यालयको दुई कोठे ट्रष्ट र छात्रा मैत्री शौचालयको समुदघाटन गरेका हुन्।
समुदघाटन समारोहलाई सम्वोधन गर्दै मेयर साहले शैक्षिक क्षेत्रमा व्यापक सुधार आएको र अगामी दिनमा थप प्रभावकारी रुपमा सुधारको आवश्यक्ता रहेको बताएका थिए ।
उनले सामुदायिक विद्यालयहरुको भौतिक संरचना स्वानीय सरकारले निर्माण गर्नेहो तर, बालबालिकाको भविष्यको निर्माण शिक्षक, शिक्षिकाले गर्ने भएकाले इमान्दारीका साथ अध्ययापन गराउनकालागि आग्रह गरेका थिए ।
विद्यालयमा बालबालिकालाई विद्यालय पठाउने अभिभावकको जिम्मेवारी हुन्छ र विद्यालयमा ती बालबालिकाको भविष्य निर्धारण गर्ने जिम्मेवारी शिक्षक, शिक्षिकाको भएका कारण आफ् ना बालबालिका सरह माया स्नेह गरि उनीहरुको भविष्य उज्जवल बनाउने काममा अग्रसरता देखाउन उनले आग्रह गरेका थिए ।
जनकपुरधाम उप– महानगरपालिकाको १८ लाखको लागतमा दुई कोठे ट्रष्ट र ७ लाखको लागतमा छात्रा मैत्री शौचालयको निर्माण भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…