सिरहाको लहानमा टाईमबम विस्फोट, १ बालक सहित ६ घाईते
न्यूज ब्यूरो || सिरहा : सिरहाको लहानमा बम विस्फोट भएको छ । आज दिउँसो करिब १ बजेतिर लहानको चोकदेखि बजार एरिया जाने बाटोमा रहेको एक सुनचाँदी गहनाको पसलमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी शेखर कोईरालाले न्यूज ब्यूरो सँग भने । विस्फोटमा परी एक बालक सहित ४ महिला र एक पू

२०७४ चैत ९ शुक्रबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सिरहा : सिरहाको लहानमा बम विस्फोट भएको छ ।
आज दिउँसो करिब १ बजेतिर लहानको चोकदेखि बजार एरिया जाने बाटोमा रहेको एक सुनचाँदी गहनाको पसलमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी शेखर कोईरालाले न्यूज ब्यूरोसँग भने ।
विस्फोटमा परी एक बालक सहित ४ महिला र एक पूरुष घाईते भएका छन्, घाईतेहरुको अवस्था समान्य रहेको छ भने स्थानीय सप्तऋषि अस्पतालमा उनीहरुको उपचार भईरहेको कोईरालाले थपे ।
प्रेसर कुकरमा टाईम बम विस्फोट गराएको दाबी गर्दै एसपी कोईरालाले को र कुन उदेश्यले बम विस्फोट गराएको बारे अनुसन्धान थालिएको बताए ।
बम विस्फोट भएको ठाउँबाट कुनै प्रकारको पर्चा वा पम्पलेट नभेटाएको भन्दै कसले र किन बम विस्फोट गराएको हो भन्ने बारे जानकारी हन सकेको छैनन् ।
घटना बारे अनुसन्धान तीव्र थालिएको एसपी कोईरालाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…