Province-2: फेसबुकबाट लभ, हेलिकोप्टर चार्टर्ड गरेर बिहे
छोराको बिहेमा हेलिकोप्टर चार्टड गर्न पाएकोमा हाम्रो सबै परिवार नै खुशि रहेको र आफू गर्व महसुस गरेको बताए ।

२०७८ पुस २ शुक्रबार, बिहान ७:५५ बजे२ मिनेट पढाइ

राधेश्याम कुशवाहा, सर्लाही । एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ ।
नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही बर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरुका छोराको बिहमेमा देखिने हेलिकोप्टर आज भोलि आम नेपालीको बिहेमा समेत देखिन थालेका छन ।
सर्लाहीका एक सामान्य परिवारका जोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।
हरिवन नगरपालिका – १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा अरोज यादवले हेलिकप्टर चार्टर्ड गरेर विवाह गरेको छ । मंलगवा नगरपालिका वडा नम्बर ३ निवासी श्याम बाबु रायको छोरी २१ बर्षिय छोरी गुडी यादव बुधावार हिन्दु परम्परा अनुसार बिवाह सम्पन्न भएको छ ।
विगत दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत भएको थियो ।
दुवैजनाबीच यसरी भयो चिनजान र बिहे
फेसबुकमा प्रोफाईल फोटो मन परेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोे थिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए ।
फेसबुकमा नयाँ व्यक्तिको अनुरोध आएपछि मैले ३ दिनसम्म फेसबुकमा अनुरोध स्विकार नगरेको दुल्ही गुडीले बताईन । केटा राम्रै हेरेपछि फेसबुक अनुरोध स्विकार गरी ७ दिनपछि मैसेजको रिप्लाई गरे ।
मैसेज रिप्लाई गरेसंगै हाम्रो फेसबुक च्याट सुरु भयो । दुवै जनाको कुरा र विचार मिल्न थालेपछि एक महिना नबित्दै हामी धेरै नजिक भए ।
उहाँले मलाई प्रोजोज गरेपछि मैले नाई भन्न नसेको दुल्ही गुडीले बताईन । हामी प्रेम सम्बन्धमा आएपछि नियमित कुराकानी र भेटघाट हुन थाल्यो ।
करिब डेढ बर्षपछि प्रेम सम्बन्ध पछि हामीले बिहे गर्ने निधो गरे । केटा पनि आफनै जातका भएकाले प्रेम बारे आ–आफनो अभिभावकलाई प्रेम सम्बन्ध बारे बताउने निर्णय गरे ।
बिहेका लागि दुवैले आफनो अभिावकलाई भनेपछि सुरुमा अनाकानी गर्नुभयो । तर हामी कुनै शर्तमा अरुसंग बिहे गर्दैनौं भनेपछि अन्त्यमा अभिभावक सहमत भएको दुल्हा अरोज यादवले बताए ।
छोरीले घरमा प्रेम बारे भनेपछि सुरु सुरुमा रिस समेत उठयो । तर केटा आफनै जातको पढेलेखेको संस्कारी र घरपरिवार सबै राम्रै भएको थाहा पाएपछि आफू पनि बिहेका लागि सहमत भएको दुल्हीको बुबा श्याम बाबु रायले बताए ।
केटी पक्षको परिवार समेत राम्रो भएको र छोराले मन पराएपछि आफूले बिहेका लागि सहमत भएको दुल्हाको बुबा झरीलाल यादवले बताए ।
२ लाख रुपिया एउटा सामान्य परिवारका लागि धेरै ठूलो रकम भएपनि छोरा बुहारीले हेलिकोप्टर चढने चाहना देखाएपछि २ लाख खर्च गरेर हेलिकोप्टर चार्टड गरेको यादवले बताए ।
छोराको बिहेमा हेलिकोप्टर चार्टड गर्न पाएकोमा हाम्रो सबै परिवार नै खुशि रहेको र आफू गर्व महसुस गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…