वडाध्यक्षको मृत्यूपछि परिवारजनलाई धनुषाधाम नगरपालिकाद्धारा ५ लाख सहयोग
जनताबाट निर्वाचित जनप्रतिनीधिको देहान्तपछि स्थानीय सरकारको जिम्मेवारी अन्तर्गत मोक्तान परिवारलाई सो रकम हस्तान्तरण गरिएको बताइएको छ । मोक्तान आफ्नो वडामा नुमना विकासको लागि परिचित थिए ।

२०७८ मंसिर १८ शनिबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बन्देबहादुर मोक्तानको असमायिक मृत्यूपछि परिवारजनलाई नगरपालिकाबाट ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
कोभिड–१९ कोराना भाईरस लहरमा कोभिड कारण मृत्यु भएका वडा अध्यक्षको मृत्यु भएको कारण औषधि खर्च वापत नगरपालिकाले परिवारजनको आर्थिक सहयोग बापत ५ लाखको चेक परिवारजनलाई कार्यपालिकाबाट निर्णय गरेर दिएको नगरप्रमुख बालेश्वर मण्डलले बताएका।
नगरपालिकाले यो औषधि खर्च बापत आर्थिक सहयोग गरिएको प्रती परिवारजनले नगरपालिका प्रती हार्दिक अभार र ठूलो सहयोग भएको भन्ने बताए ।
वडाध्यक्ष मोक्तानको असमायिक मृत्यूपछि उनको परिवारजनको हेरचाह पनि नगरपालिकाको जिम्मा रहेको बताउँदै मेयर मण्डलले औषधी उपचार खर्चको लागि तत्काल ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको बताए ।
जनताबाट निर्वाचित जनप्रतिनीधिको देहान्तपछि स्थानीय सरकारको जिम्मेवारी अन्तर्गत मोक्तान परिवारलाई सो रकम हस्तान्तरण गरिएको बताइएको छ । मोक्तान आफ्नो वडामा नुमना विकासको लागि परिचित थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…