जनकपुरः ट्रयाक्टरमा च्यापिएर एक युवकको मृत्यू
ट्रयाक्टरमै बसेका चालक महतो ओर्लिन नसक्दा उनको ट्रयाक्टरको ईन्जिन र सिटको बीचमा च्यापिएर घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

२०७८ मंसिर १० शुक्रबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझमा ट्रयाक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित शुक्रबार (आज) विहान करिब ८ बजेको समयमा आफैँले चलाएको ट्रयाक्टरमा च्यापिएर युवकको मृत्यू भएको हो ।
नक्टाझिझस्थित बालुवा अनलोड (झार्ने) क्रममा ज १ त ४१७२ नम्बरको ट्रयाक्टर पल्टिदाँ सिटमै च्यापिएर युवकको मृत्यू भएको हो ।
धुनषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी बर्ष २५ को चालक चेतन महतोको च्यापिएर मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीलक बहादुर सुनारका अनुसार, बिहान ट्रयाक्टरमा लोड गरिएको बालुवा अनलोड गर्ने क्रममा ट्रयाक्टरको ईन्जिन माथि उठेपछि दुर्घटना भएको हो ।
ट्रयाक्टरमै बसेका चालक महतो ओर्लिन नसक्दा उनको ट्रयाक्टरको ईन्जिन र सिटको बीचमा च्यापिएर घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
महतोको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको प्रहरी नीरिक्षक सुनारले न्यूज ब्यूरोलाई जानकारी दिए । ट्रयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…