देवपुरा रुपैठा घटनामा धार्मिक तथा सामाजिक सदभावमा खलल नपारौँः अध्यक्ष दत्त
यसका साथै, त्यहाँ शान्ति सुरक्षाका लागि खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरुलाई शान्ति सुरक्षामा कुनै कमी(कमजोरी आउन नदिन र द्वन्द फैलिने वातावरण सिर्जना हुन नदिन समेत निर्देशन दिए ।

२०७८ कार्तिक २६ शुक्रबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको देवपुरा रुपैठामा हिन्दु–मुस्लिम दुई समुदायबीच भएको तनावप्रति मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले शान्त पार्न आग्रह गरेका छन् ।
मधेशी आयोग अध्यक्ष डा. दत्तले धार्मिक तथा सामाजिक सदभावमा खलल आउन नदिन अपिल गरेका छन् । जनकपुरधमा उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा छठको दिन भएको दुईतर्फा झडपछि स्थलगत अवलोकन गर्न गएका दत्तले तत्काल शान्ती कायम राख्न आग्रह गरेका छन् ।
प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठामा छठको दिन हिन्दु–मुस्लिमको बिचमा तेलिया पोखरीमा छठ घाट बनाउने विषयमा भएको झगडा धटनाको आफैं स्थलगत अनुगमनमा पुगेका थिए ।
दत्तले स्थानीय मुस्लिम र हिन्दु समाजका स्थानीय अगुवाहरुलाई सामाजिक तथा धार्मिक सदभावमा कुनै किसिमले खलल आउन नदिन अनुरोध गरे ।
अध्यक्ष दत्तले सबै धर्मका व्यक्तिले एक–अर्काको धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने र द्वन्द फैलिने काम कसैले पनि नगर्न हुने बताए ।
यसका साथै, त्यहाँ शान्ति सुरक्षाका लागि खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरुलाई शान्ति सुरक्षामा कुनै कमी(कमजोरी आउन नदिन र द्वन्द फैलिने वातावरण सिर्जना हुन नदिन समेत निर्देशन दिए ।
सोही विषयमा स्थानीय वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग समेत गहन छलफल भइरहेको अध्यक्ष डा. दत्तले बताए ।
गत छठको दिन मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले छठ घाट बनाउन गएका व्रतालु एवम् धार्मिक रयाली निकालेका धार्मिक यात्रामा अवरोध पुरयाउँदै आक्रमणको प्रयास गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…