छठको लागि भारतबाट मात्र जनकपुरमा ३५ ट्रक केरा आयात
नेपालमा चम्मा तथा गोपाल केराको उत्पादन बढी हुने गरेको छ ।

२०७८ कार्तिक २२ सोमबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छठ पर्वलाई दृष्टिगत गरी यस वर्ष जनकपुरधाममा भारतबाट ३५ ट्रक केरा आयात गरिएको छ ।
भारतको आसाम ,बंगाल तथा बिहार राज्यको हाजीपुरबाट मरिचमान,मालभोग,चम्पा लगायतका केराहरु आयात गरिएको नेपाल फलफूल व्यवसायी संघ जनकपुरधामले जनाएको छ ।
संघका अध्यक्ष बिश्वेश्वर यादवका अनुसार गत वर्षको तुलना यस वर्षको केराको मूल्य घटेको छ । गत वर्ष एक हजार देखि १५ सयसम्ममा बिक्री भएको एक घरी केरा यस वर्ष बढीमा ८ सयमा विक्री भईरहेको छ ।
भारतबाट आयात गरिएको केराहरु स्थानीय पुलचोक,मुजेलिया,पिर।री गाउँ,रामानन्द चोक , कुर्था,महोत्तरीको पिपरा तथा जिरोमाईल स्थित फलमण्डी लगायतको स्थानमा विक्री वितरण हुँदै आएको छ ।
छठपर्वमा धनीमनिले मात्र होइन गरिब तप्काले पनि केरा सजिलै किन्न सकुन त्यसको लागि फलफूल मण्डीमा दुई सय पचासदेखि ७ सय सम्मको घरी उपलब्ध रहेको छ ।
यसकालागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एक देखि डेढ लाख सम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै अध्यक्ष यादवले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाए ।
यता, नेपालको पूर्वी क्षेत्र सुनसरी ,त्रिवेणी लगायतका स्थानबाट केरा आउने आइतबारदेखि सुरु भएको छ । नेपालमा चम्मा तथा गोपाल केराको उत्पादन बढी हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…