विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश
नव प्रवेशी सबैलाई मन्त्री यादवले गम्छा अबिरमाला लगाएर स्वागत गरेका थिए ।

२०७८ कार्तिक १५ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकास्थित विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
धनुषाधामको वडा नं ८ मा नेपाली कांग्रेस नेकपा एमाले र माओवादीका सयौँ भन्दा बढी कार्यकर्ता पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न ।
जसपाका नेता राम अशिष मण्डलको अध्यक्षता एवम् प्रदेश नम्बर २ का कृषिमन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सयौँ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।
नव प्रवेशी सबैलाई मन्त्री यादवले गम्छा अबिरमाला लगाएर स्वागत गरेका थिए ।
सो कार्यक्रममा प्रतिनिधि सभा उमेदवार दिपक कार्की ,नगर अध्यक्ष बिनोद यादव,उपाध्यक्ष संजिव यादव जिल्ला उपाध्यक्ष ज्ञानकुमार यादव,नेता साधु यादव लगायतका उपस्थित रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…