पियनको मृत्यू भएपछि भोली सार्वजनिक विदाको घोषणा
गाउँपालिका अध्यक्ष यादवले मृतक यादवप्रति शोक समेत प्रकट गर्दै एक दिने सार्वजनिक विदा दिएका हुन् । उनले मँगलबार कार्तिक ९ गते गाउँपालिकाभरिको सबै सरकारी कार्यालयहरु बन्द हुने भएको छ । कार्यालय सहयोगी यादवको सोमबार बिहान असमायिक मृत्यू भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्य गदैै आएका यादवको मृत्यू शोकमा विदा दिएको हो ।

२०७८ कार्तिक ८ सोमबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को एक स्थानीय तहले भोली मँगलबार सार्वजनिक विदाको घोषणा गरिएको छ ।
प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित रहेको औरही गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्य गर्दै आएका कार्यालय सहयोगी (पियन) प्रमेश्वर यादवको असमायिक मृत्यू भएपछि एक दिने सार्वजिनक विदाको घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले एक सूचना जारी गर्दै भोली मँगलबार कार्तिक ९ गते सो गाउँपालिकाभरि सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्ष यादवले मृतक यादवप्रति शोक समेत प्रकट गर्दै एक दिने सार्वजनिक विदा दिएका हुन् । उनले मँगलबार कार्तिक ९ गते गाउँपालिकाभरिको सबै सरकारी कार्यालयहरु बन्द हुने भएको छ ।
कार्यालय सहयोगी यादवको सोमबार बिहान असमायिक मृत्यू भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्य गदैै आएका यादवको मृत्यू शोकमा विदा दिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…