तीन बच्चा लिएर माईती (नैहर) हिँडेकी महिला एक हप्तादेखि बेपत्ता
सुनितालाई खोजी गरिरहेको बताएपनि गम्भीरता नदेखाएपछि आफुहरु शंकामा रहेको
२०७८ कार्तिक ६ शनिबार, बेलुकी ७:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिला ३ छोराछोरीसहित एक हप्तादेखि वेपत्ता भएको खवर प्राप्त भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ बस्ने ३५ वर्षीय श्याम सुन्दर महतोको श्रीमति २७ वर्षीया सुनिता देवी महतो आफ्ना तीन छोराछोरी सहित वेपत्ता भएकी छिन् ।
गत असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा घरबाट एक छोरा र दुई छोरीसहित घरबाट माइत धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हास्थित ढांगर टोल जाने भन्दै निस्केकी सुनिता हालसम्म माइत पुग्न सकेकी छैनन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हास्थित ढांगर टोल बस्ने विशुन महतोको छोरी सुनिता आफ्नो ६ वर्षीय छोरा किशनजीत महतो र छोरीद्धय वर्ष ५ की राजनन्दनी महतो र डेढ वर्षकी रागनीसँगे वेपता छिन् ।
सुनिताको श्रीमान् श्यासुन्दरका अनुसार सबै आफन्त, नातागोतामा पर्ने सबै घरपरिवारमा एक हप्तादेखि खोजविन गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन् ।
यता, सुनिताको माइती पक्षले पनि खोजविनका लागि कुनै गम्भीरता नदेखाएपछि उनीहरुले नै लुकाएर राख्ने सक्ने शंका सुनिताकै श्रीमान श्यामसुन्दरले व्यक्त गरेका छन् ।
घरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान श्रीमतिबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।
तर सुनिताको माइत पक्षले पनि सुनितालाई खोजी गरिरहेको बताएपनि गम्भीरता नदेखाएपछि आफुहरु शंकामा रहेको उनको भनाई छ ।
यसैबीच श्रीमति वेपत्ता घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र धनुषाधाममा आफुहरु आइतबार निवेदन दिने तयारी गरेको श्यामले जानकारी दिएका छन् ।
सुनिताकी सासुरा पक्षले यदि कसैलाई यो फोटोमा भएका तीन वटै बच्चा सहित देखेमा वा भेटेमा तपसील अनुसारको मोबाईल नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
मो. 9824813775, मो. 9815872848, मो . 9812086960
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनोद कुशवाहा
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…