जनकपुरः गहना लुटन महिलाको घाँटी रेट्ने भुट्टा चोर १० घण्टा नबित्दै पक्राउ, मँगलसुत्र बेचे

२०७८ कार्तिक ६ शनिबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानीदेखि केही दुरीमा रहेको धनुषाको तिनकोरिया गिद्दास्थित एक महिलाको घाँटी रेटी गहना लुटने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

धनुषाको विदेह नगरपालिका वडा नं. ६ बडका टोल गिद्धा बस्ने स्थानीय रामबहादुर मण्डलकी अन्दाजी बर्ष ५५ की श्रीमति जमुन देवीको घाँटी रेटी गहना लुटेर भागेको भुट्टा चोरलाई पक्राउ गरिएको हो । 

सोही टोल बस्ने बर्ष ३५ का रामभजन महतोले शुक्रबार बिहान जमुन देवीलाई समातेर गहना लुटने प्रयास गरेका थिए । सो क्रममा उनले मँगलसुत्र लुटेर भाग्न सफल भएका थिए । 

प्रदेश नम्बर २ का डिआईजी उमेश रञ्जितकारको विशेष सक्रियाले प्रहरी कार्यालय तिनकोरियाचोकबाट खटि गएको टोलीले महतोलाई १० घण्टा नबित्दै पक्राउ गरेको हो । 

प्रहरी चौकी तिनकोरियाका सई सारदा शँकर साहको कमाण्डमा खटि गएको प्रहरी टोलीले महतोलाई महोत्तरी जिल्लाको गोनरपुराबाट पक्राउ गरी चौकीमा ल्याउन सफल भएको हो । 

महतोलाई गएराती करिब १२ः१० बजेको समयमा उनकै ससुरालीबाट पक्राउ गरिएको जनाइएको छ । ससुरालीमा परिवार सहित भाग्दै गर्दा उनलाई मौकामै प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय तिनकोरियामा ल्याएर अनुसन्धान गरिरहेको छ । 

सई साहको नेतृत्वमा प्रहरी जवान जय प्रकाश यादव र शुशिल यादवसहितको टोलीले उनलाई महोत्तरीसम्म गएर पक्राउ गरी ल्याएको हो । जानकारी अनुसार, वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि महतोले चोरी चकारी गर्दै आएका थिए । 

गाउँमा उनलाई भुट्टा चोर भनेर बोलाउन गरिन्छ । बारम्बार उनी गाउँ सहित आसपासको गाउँमा पनि चोरी गर्ने गरेको स्थानीयहरुले बताएका छन् । शुक्रबार जमुन देवीले लगाएको पाउँको चाँदीको पायल, गालाको मँगलसुत्र खोस्न धारिलो हतियार चलाएका थिए । 

सो क्रममा जमुन देवीको घाँटी रेटदै गर्दा हल्ला गरेपछि महतोले मात्र मँगलसुत्र लिएर भाग्न सफल भएका थिए । सो मँगलसुत्र पनि एक जना अटो चालकसँग बेचेको स्वीकार गरेका छन् । 

प्रहरीले राखेको अनुसन्धानको क्रममा उनले सबै गर गहना लुटने मनसायले जमुन देवीको घाँटी रेटेका थिए । जमुनदेवीलाई ७ वटा टाँका (स्टीच) लगाइएको प्रहरी चौकी तिनकोरियाका सई साहले जनाए । 

जमुनदेवीको सुनको मँगलसुत्र एक अटो चालक मार्फत १० हजार रुपैयाँमा बेचेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको श्रोतले जनाएको छ । महतोमाथि अनुसन्धान भईरहेको तथा जमुन देवी उपचारपछि घर फर्केको बताइएको छ । 

तिनकोरिया प्रहरीको कडा सक्रिया र निगरानीपछि पर जिल्लासम्म पुगेर अभियुक्तलाई पक्राउ गरी ल्याउन सफल भएको हो । 
 

  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 29%

व्यवसायी, रोजगारी र उद्योगको दिगो विकासका लागि पूल भएर काम गर्छु : उमेदवार साह

  • २०७८ कार्तिक ६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी चैत्त २८ गते जनकपुरमा हुने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको तयारी तीव्र रुपमा गरिएको छ । जनकपुरका व्यावसायी, व्यापारीहरु अहिलेदेखि नै चुनावको तैयारीमा जुटेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus