समाजिक न्यायको लागि अहोरात्र खटने रौतहटकी 'पुजा'
राजनीति र समाजसेवा अलग हो भन्ने बताउँदै आएकी तिमल्सीना आफूलाई राजनीतिकरण गरिएको पटक्कै मन नपर्ने बताउँछिन् । उनी भन्छिन् ‘ म अहिलेसम्म कुनै राजनीतिक पदमा छैन र पद पनि चाहिएको छैन मेरो लक्ष्य र उद्देश्य भनेकै समुन्नत समाज बनोस् हिंसा मुक्त समाजको परिकल्पना होस् भन्ने चाहना हो , म समाजसेवा भन्दा बाहिर जानै सक्दिन ।”

२०७८ कार्तिक २ मंगलबार, राति ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । पीडित लाई न्यायको निम्ति अहोरात्र खटिँदै पीडकको विरुद्ध सशक्त आवाज निकाल्दै न्यायको बिगुल फुक्दै महिला सशक्तिकरणमा लाग्दै आएकी रौतहतको पूजा तिमल्सीनाको अहिले रौतहटमा चर्चा छ ।
उनी मेची महाकाली बुहारी संयुक्त आवाज नामक एक गैरसरकारी संस्थाको प्रदेश संयोजक समेत हुन् । उनले आबद्ध रहेको संस्थाले महिला,बालबालिका,अपाङ्ग,अनाथ एबम् ज्येष्ठ नागरिकको क्षेत्रमा विशेष आवाज उठाउँदै आएको छ ।
पछिल्लो समय रौतहट जिल्ला लगायत छिमेकी जिल्लाहरुमा समेत मानव अधिकार र सामाजिक न्यायको लागि अग्रणी भूमिका निभाउदै पीडितको सेवामा लाग्दै आएकी तिमल्सिनाको चर्चा परिचर्चा जहि ताहि सुन्न सकिन्छ ।
केही दिन अगाडि अधिकारकर्मी तिमल्सिनालाई उनको सामाजिक कार्यको उच्च मूल्याङ्कन गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय कार्यालयले नगद सहित उनलाई सम्मान गरेको थियो ।

सम्मानबाट प्राप्त भएको रकम र आफूसँग भएको केही रकमले उनले सर्लाही स्थित मानव सेवा आश्रममा गएर आश्रममा रहेकाहरूलाई खाना खुवाउदै गर्दा पुरस्कार स्वरूप प्राप्त रकम समेत समाजसेवामा लगाउँदा उनको योगदान प्रशंसायोग्य रहेको अधिकारकर्मी अञ्जना पन्त कडरियाको भनाइ रहेको छ ।
विगतका दिनमा समेत विभिन्न किसिमका घरेलु हिंसा,बालअधिकार हनन,दुर्व्यवहार भोग्नुपरेको पीडितहरुलाई समेत सहयोग गर्दै पीडकलाई कानुनी दायरामा ल्याउन दबाब दिँदै आएकी तिमल्सिनाको सामाजिक सेवा प्रतिको भूमिका अतुलनीय रहेको एक पीडित महिलाले बताइन् ।
विपन्नको परिवारमा खाध्यान बोकेर त कहिले जाडोमा कठ्याङ्ग्रिएर बसेकाहरुका लागि न्यानो कपडा लिएर पुग्ने चर्चित महिला अधिकारकर्मी तिमल्सीना आवजबिहिन हरुको लागि साझा आवाज समेत हुन् भन्ने उनको कार्यसम्पादन शैलीले प्रष्ट भएको स्थानीयहरु बताउँछन् ।
राजनीति र समाजसेवा अलग हो भन्ने बताउँदै आएकी तिमल्सीना आफूलाई राजनीतिकरण गरिएको पटक्कै मन नपर्ने बताउँछिन् । उनी भन्छिन् ‘ म अहिलेसम्म कुनै राजनीतिक पदमा छैन र पद पनि चाहिएको छैन मेरो लक्ष्य र उद्देश्य भनेकै समुन्नत समाज बनोस् हिंसा मुक्त समाजको परिकल्पना होस् भन्ने चाहना हो , म समाजसेवा भन्दा बाहिर जानै सक्दिन ।”
आफू समाजसेवामा लाग्दै गर्दा आफ्नो खुट्टा तान्ने हरु समेत प्रसस्तै भएको भएपनि आफू कतैपनि विचलित नभई दृढतापूर्वक समाजसेवामा निस्वार्थ लागिपरेको हुँदा केही हदसम्मको सफलता मिलेको अनुभव उनको रहेको छ ।
अब केहीदिनमै विपन्न परिवारका लागि लत्ताकपडाको व्यवस्थापन गरी केही आफूले सकेको सहयोग ती विपन्न एबम् पिछडिएको समुदायलाई कपडा वितरण गरिने लक्ष्य रहेको उनले जानकारी दिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…