झिझियामा भोजपुरी गीतमा नाच्न पाउनुपर्ने भन्दै स्टेजमै जेष्ठ नागरिकसँग दुरव्यहार
झिझिया नाच भईरहँदा आयोजक समितिले मात्र झिझियाको गीतमा मौलिक नाच उपर जोड दिएको थियो तर, टिकटक चलाउने किशोरीहरुले झिझियाको नाम नै नलिने भोजपुरी चटकदार गीतमा पनि नाच्न पाउनुपर्ने र नाचेको वापत पुरस्कार समेत पाउनुपर्ने अडान लिँदै किशोरीले समितिकै जेष्ठ नागरिक रधुनाथ साहसँग मँचमै दुरव्यवहार गरेकी हुन् ।

२०७८ असोज ३१ आइतबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ नरहास्थित आयोजना गरिएको झिझिया प्रतियोगितामा एक जेष्ठ नागरिकसँग मँचमै एक किशोरीले दुरव्यवहार गरेकी छन् ।
लोकनृत्य मानिएको झिझिया प्रतियोगितामा झिझिया गीतमा नचाचेर भोजपुरी आयातित गीतमा नाच्न पाउनुपर्ने भन्दै स्थानीय जेष्ठ नागरिक रधुनाथ साहले सम्झाउँदा किशोरीले ती साहसँग स्टेजमै दुरव्यवहार गरेकी हुन् ।
झिझिया नाच भईरहँदा आयोजक समितिले मात्र झिझियाको गीतमा मौलिक नाच उपर जोड दिएको थियो तर, टिकटक चलाउने किशोरीहरुले झिझियाको नाम नै नलिने भोजपुरी चटकदार गीतमा पनि नाच्न पाउनुपर्ने र नाचेको वापत पुरस्कार समेत पाउनुपर्ने अडान लिँदै किशोरीले समितिकै जेष्ठ नागरिक रधुनाथ साहसँग मँचमै दुरव्यवहार गरेकी हुन् ।
न्यूज ब्यूरोसँग उपलब्ध झिझिया प्रतियोगिताको सो भिडियोमा रधुनाथ साहले ति किशोरीलाई –“यो नाचगान होईन, यो मौलिक झिझिया प्रतियोगिता हो, यस्तो नाच गरेर पुरस्कार पाईदैन” मात्र भनेपछि ति किशोरीले साहको हातबाट माईक खोसेर यस्तो नाच गर्न पाउनुपर्ने भन्दै भन्छिन्–“यदि झिझिया नाच हो भने स्टेज होईन, भुईँमा गराउनुस” भनेर तिखो स्वरमा जवाफ फर्काउँदै शरिरको हाउभाउले दुरव्यहार गरेको देखिन्छन् ।
जानकारी अनुसार, ती किशोरी नरहा गाउँपालिका वडा नं. ३ सोही टोलकी किशोरी हुन् । सोमनी ग्रुपको भनिने ती किशोरी शर्मा थर का भएपनि पुरा नाम भने समितिले बताएका छैनन् ।
यस सन्दर्भमा आयोजक समितिका अध्यक्ष रामनारायण यादवसँग सम्पर्क गर्दा उनले फोन काटिदिए ।
ज्ञातव्य छ, शनिबार राती सोही झिझिया नाचको क्रममा भएको दुई पक्षबीचको झगडामा एक किशोरको ज्यान गएको हो । ईनारमा खसेर स्थानीय एक किशोरको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…