रक्सीको साईड ईफेक्ट

जनकपुरः एकाबिहानै एक पुरुषको लास

लगमास्थित रहेको नदीको पूलबाट खसेर पानीमा उठन नसक्दा उनको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ ।

२०७८ असोज २५ सोमबार
बिहान ०८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित बिहानै एक पुरुष मृत अवस्थामा भेटिएको छ । 

कमला नगरपालिका वडा नम्बर २ र ३ को सीमास्थित एक पुरुषको लास भेटिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । अन्दाजी बर्ष ५५ को नागे भन्ने नागे साह मृत अवस्थामा भेटिएको हो । 

कमला नगरपालिका वडा नम्बर ३ बस्ने नागे घटनास्थापनाकै दिनदेखि हराईरहेका थिए । लगमा र माची झिटकैयाको बीचमा रहेको सरकारी नहरको पूर्व तर्फ रहेको सानो नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो । 

आईबार अबेर साँझ पानीमा मृत अवस्थामा तैरिहेको अवस्थामा नागेलाई देखेपछि स्थानीयहरुले ईलाका प्रहरी कार्यालय खजुरीलाई खवर गरेको थियो । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सोमबार बिहान मात्र लास बाहिर निकालेको हो । 

आईबार अबेर साँझ लास देखेपछि ईलाका प्रहरी कार्यालय खजुरीको टोलीले रातभरी पहरा दिएका थिए । अबेर साँझ भएको कारण राती नै लास निकाल्न कठिनाई हुने भन्दै सोमबार बिहान नदीबाट लास निकालिएको हो । 

लगमास्थित रहेको नदीको पूलबाट खसेर पानीमा उठन नसक्दा उनको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ । लगमामा दशैँको अवसरमा लाग्ने गरेको मेलामा अत्यधिक रक्सी सेवन गरी आउने क्रममा पूलबाट पानीमा झरेको हुन सक्ने अनुमान गरिएको छ । 

नागेको एक मात्र छोरा छन् । उनी वैदेशिक रोजगारीको क्रममा विदेशिएका छन् । नागेको नाती (पोता) को स्वास्थ्य अवस्था खराब भएपछि उनकी श्रीमति र बुहारी बच्चालाई लिएर जनकपुर उपचारमा हुँदा नागेको मृत्यू भएको हो । 

लासको प्रकृति हेर्दा विगत ३÷४ दिनदेखि नै पानीमै रहेको बुझिएको छ । लासबाट गन्ध आउन सुरु भएको बताइएको छ । 

बिहान ७ बजे निकालिएको लासलाई बाहिर निकालेर घटनास्थलको मुचुल्का उठाएको हो । लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज (ईन्सपेक्टर) रबिन मैनालीले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 60%
  • 40%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ असोज २५ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }