राजदेवी पूजा, जनकपुर

जनकपुरको राजदेवीमा दुई दिन खोईच भराई, खँसी कहिले चढने ? 

कलेण्डर अनुसार यसपाली षष्ठी तिथि र सप्तमी तिथि एकैदिन परेको छ ।

२०७८ असोज २४ आइतबार
बिहान ११:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ (माता) राजादेवीमा यसपाली पनि दुई दिन खोईच भराई कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । 

प्राचीन मिथिलाका राजा जनककी कूलदेवी मानिएको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको विशेष पूजा तथा अन्य कार्यक्रमहरु यसपाली पनि निरन्तरता दिइएको छ । 

आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहका अनुसार बोकाबली (खँसी चढाउने कार्यक्रम) को लागि प्रति टाउको २०० रुपैयाँ नै कायम गरिएको छ । जुन अघिल्लो बर्षको टिकट (पूर्जी) दर रहेको छ । 

गुठी सँस्थानले खँसी चढाउने र त्यसको टाउको वापत लिँदै आएको प्रति खँसीको दर रु. २०० रुपैयाँ नै कायम गरिएको हो । गुठी सँस्थानले बोकाबलीको लागि आवश्यक पर्ने रसिद काटने कार्य सुरु गरेको छ । 

राजदेवीमा असोज २६ गते मँगलबारका दिन माता राजदेवीको भव्य श्रृँगार गर्ने कार्यक्रम रहेको छ । पूजनविधी र तिथि अनुसार सप्तमी तिथिको दिन राजदेवीमा भव्य श्रृँगार गरिन्छ । जसमा सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक सँस्थान, मठ मन्दिरका प्रतिनीधिहरुको मोटो उपस्थिति रहन्छ । 

कलेण्डर अनुसार यसपाली षष्ठी तिथि र सप्तमी तिथि एकैदिन परेको छ । सोही तिथिमा माता राजदेवीको भव्य श्रृँगारको कार्यक्रम रहेको छ । अहिले प्रत्येक दिन राजदेवी मन्दिरको प्राँगनमा जागरण, धार्मिकता र मौलिकताले भरिपूर्ण कार्यक्रमहरु हुँदै आएको छ । 

आयोजक महावीर युवा कमिटीका अध्यक्ष साहका अनुसार, राजदेवीमा प्रत्येक बर्षझैँ यसबर्ष पनि अष्टमी तिथिको दिन बोकाबली हुनेछ । साँझ ७ बजेदेखि सुरु हुने बोकाबलीको लागि अन्य व्यवस्थापन सुरु गरिएको हो । 

त्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य (लड्डु चढाई) कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ । हुनतः प्रत्येक दिन नै प्रसाद चढने राजदेवीमा सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गरिन्छ । 

रातीदेखि नै लाईनमा लाग्ने हजारौ दर्शालुहरुको लड्डु चढाउनको लागि जनकपुरको मिल्स एरियासम्म करिब १ किलोमिटरभन्दा बढीको लाईन लागेको हुन्छ । प्रसाद चढाई अन्य दिन पनि हुने गर्छन् । 

राजदेवीमा गत बर्ष कोरोनाको कारण बोकाबली नहुने हल्लाकोबीच ८ हजार बढी बोकाबली भएको थियो । यसपाली बोकाबलीको सँख्या बढने अध्यक्ष साहले जानकारी दिए । 

  • 60%
  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%

बंगलादेश एन्टी हिन्दू द्वन्द्वः हनुमानको खुट्टामा कुरान राख्ने मुश्लिम युवक पक्राउ

  • २०७८ असोज २४ आइतबार

न्यूज ब्यूरो, एजेन्सी । बंगलादेशमा हिन्द्र विरोधी द्वन्द्व चर्किएको छ । यसको सवत्र आलोचना भइरहको छ । हिन्दूको महान चाँडपर्वको बेला बंगलादेशका मुश्लिमहरुले हिन्दूहरुमाथि अत्याचार गरिरहेका छन् । यसैक्रममा बंगलादेशमा एक

पूरा पढ्नुहोस्

Bureau Menus