धनुषाधाम नगरपालिकाको बार्षिक समिक्षाः 'धेरै कामहरु गर्न अझै बाँकी छ'
कार्यक्रममा बिशिस्ट अतिथि उपमेयर बिध्यादेवी भुजेल स्वागत तथा शुभकामना मन्तव्य राखेकी थिइन। कार्यक्रमको संचालन योजना तथा प्रशासन शाखा प्रमुख संजित दासले गरेका थिए ।

२०७८ असोज १७ आइतबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाका आर्थिक वर्ष ०७७÷७८ का वार्षिक समिक्षा कार्यक्रम तथा शुभकामना साटासाट कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं २ को केही दुरिमा धनुषाको धनुषाधाम नगरपालिका आर्थिक वर्ष ०७७÷७८मा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको सभाअध्यक्ष नगरप्रमुख बालेश्वर मण्डल रहेका थिए । सो कार्यक्रम नगरप्रमुख बोल्दै जनता सेवामा कर्मचारी जनप्रतिनिधि लगायत सबैलाई स्वागत गर्दै धन्यवाद दिए साथै उनीहरुको कामको उच्च–स्थान दिदै प्रशंसा गरे ।
“हामीले गर्नु पर्ने धेरै थियो, हुने बमोजिम ४ सालको अवधीमा गरेका छौ । अझै समय अवधीमा गर्ने छौ ।” भन्दै वडा दशै , दिपावली तथा छठ पर्वको शुभकामना समेत दिएका थिए ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले २०७२ को संविधान पश्चात् आएको स्थानीय तहको नियम बमोजिम विकास निर्माण गाउँ गाउँमा बिस्तार भएको अन्तर्गत नगरपालिकामा पनि त्यही अनुरुप हुँदै आएको बताए ।

गत वर्षमा गरेको कामहरुको वार्षिक समिक्षा कार्यक्रम गरि सुधार गर्नु पर्ने पक्षहरु ,सुझाव,लगायत अन्य कुराहरुमा छलफल गरिएको अधिकृत कार्कीले बताए ।
सो कार्यक्रममा कृषि शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखा,लगायतका शाखा प्रमुखहरुले आय–व्यय प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि उपमेयर बिध्यादेवी भुजेल स्वागत तथा शुभकामना मन्तव्य राखेकी थिइन। कार्यक्रमको संचालन योजना तथा प्रशासन शाखा प्रमुख संजित दासले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…