जनकपुरः धनुषाका एक वडाध्यक्ष पक्राउ
दुई पक्षिय हानाहानमा स्थानिय रामचन्द्र बिराजी,रितिक यादव,दिपक यादव र रंजित यादव समेत गम्भीर घार्इते भएका थिए।

२०७८ असोज १२ मंगलबार, दिउँसो ४:३२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित एक नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।
गत बैशाख २३ गतेमा सडक विस्तारको क्रममा भएको विवादमा परी एक जनाको मृत्यू भएको मुद्दामा एक वडाध्यक्षलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कुशेश्वर ठाकुर रहेका छन् ।
सडक विस्तारको क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । सोही झडपमा परी स्थानीय सुमिन्त्रा देवि यादव गम्भिर घाईते भएर उपचारको क्रममा मृत्यू भएको थियो । सोही घटनामा कर्तव्य ज्यान र ज्यान मार्ने उधोगमा आरोपित बनाइएका वडाध्यक्ष ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो घटनामा १० जना आरोपित बनाइएको मध्ये एक आरोपित वडाध्यक्ष ठाकुर पनि रहेकोले उनलाई सोमबार नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
बैसाख २३ मा सडक विस्तारकै क्रममा साल सीमा खोजबिन गरिरह्दा बिबाद भइ दुई पक्षबिचको हानाहान पछि स्थानिय सुमिन्त्रा देवि यादबको अवस्था गम्भीर भइ उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको थियो।
दुई पक्षिय हानाहानमा स्थानिय रामचन्द्र बिराजी,रितिक यादव,दिपक यादव र रंजित यादव समेत गम्भीर घार्इते भएका थिए।
निज यादवको मृत्यु पछि परिवारजनले वडाध्यक्ष सहित १० जना बिरुद्ध कर्तव्य ज्यान मार्ने उधोग मुद्दा जिप्रका मोरंगमा दिएका थिए । त्यसपछि मोरंग प्रहरीले उक्त मुद्दा इलाका प्रहरी कार्यालय सवैलालाइ जेठ १६ मा पठाएका थिए।
मुद्दा दर्ता भएपछि आरोपित बनाएका सवैजना फरार रहेपनी वडाध्यक्ष ठाकुर सोमबार जनकपुरबाट पक्राउ गरिएको हो भने ९ जना अझै फरार नै रहेको इलाका प्रहरी सबैलाले जनाइएको छ।
यता, पक्राउ परेका वडाध्यक्ष ठाकुरको छोरा पुरन शर्माको भनाइ अनुसार बुवा झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलकोमा गइ गिरफ्तारी दिइएको प्रतिक्रिया दिएका छन ।
वडाध्यक्ष ठाकुरलाइ सात दिने म्याद थप गरि अनुसन्धान भइरहेको इप्रका सवैलाका प्रनी राजेश सिंग्देलले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…