ओरकेष्ट्रा नाच्न आएकी ३७ जना युवति पक्राउ
चाडपर्वहरु सुरु हुन थालेपछि अब छठ पर्वसम्म नै महिला नर्तकीहरु आउने क्रम जारी रहने बताईएको छ ।

२०७८ असोज २ शनिबार, बिहान ७:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको मठिहानी नाकाबाट नेपाल प्रवेश गरेका प्रवेश गरेका २८ जना र कटकटैया नाकामा ९ जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
नियन्त्रणामा रहेकाहरु अधिकांश महिला छन् । उनीहरु शुक्रबार दिउँसो आरकेस्ट्रा कार्यक्रम गर्न नेपाल पसेका थिए ।
सबैजनालाई सोही नाकामै होल्ड गरेर नियन्त्रणमा राखेको र सम्झाई बुझाई छोड्ने तयारी गरेको एसपी आचार्यले बताए ।
यस्तै विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी आयोजन गरेको आरकेस्ट्रा तथा नाच प्रोग्राम बन्द गराइएको एसपी आचार्यले जानकारी दिए ।
यता, धनुषाको पनि विभिन्न स्थानमा महिला नर्तकी नचाउनको लागि सयौँको सँख्यामा महिलाहरु प्रवेश गराइएको छ । नेपाल भारतको सीमासँगै रहेको गाउँहरु सहित अन्य ठाउँहरुमा समेत ओरकेष्ट्राको लागि भारतीय युवतीहरु मगाउने गरिन्छ ।
चाडपर्वहरु सुरु हुन थालेपछि अब छठ पर्वसम्म नै महिला नर्तकीहरु आउने क्रम जारी रहने बताईएको छ । जितिया पर्व र लाग्ने मेला, दशैँ, दिपावली, छठ सहित अन्य पर्व त्यहौरको उत्सवमा पनि ओरकेष्ट्रा आउने गरिन्छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले महिला नतर्की ओरकेष्ट्रा र ९ बजेपछि डिजे बाजाहरु समेत बन्द गर्न निर्देशन गरेको छ । यद्यपी, विभिन्न ठाउँमा हुने ओरकेष्ट्राहरु प्रायः प्रहरीकै सँरक्षणमै हुने गरेको छ ।
प्रहरीले आयोजकबाट केही रकम लिएर ओरकेष्ट्रा गराउन अनुमति दिन्छन् । जिल्ला प्रहरी कार्यालयलाई जानकारी नभएपछि गाउँस्तरमा पर्ने विभिन्न ईलाका प्रहरीका घुमुवाहरुले केही रकम लिएर ओरकेष्ट्रा गराउन दिएको देखिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…