जनकपुरः दिनदहाडै लुटियो टेम्पो, यात्रुहरु पनि बेपत्ता
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, चारै तर्फ प्रहरी खटाएको र लुटेराहरु भाग्न नसक्ने बताए ।

२०७८ भदौ २७ आइतबार, बिहान १०:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बिहानै एक यात्रुवाहक टेम्पो (ट्याक्सी) लुटिएको छ । आईतबार बिहानै यात्रुवाहक टेम्पो लुटिएको प्रहरीले जनाएको छ ।
धनुषा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ ज ३९४० नम्बरको यात्रुवाहक टेम्पो धनुषाको हरिहरपुरचोकस्थित लुटिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
आज विहान करिब ८ बजेको समयमा ढल्केवरबाट पूर्व धारापानी तर्फ जाँदै गरेको सो नम्बरको टेम्पोलाई अज्ञात समूहले धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरचोकस्थित लुटेको जनाइएको छ ।
सुरुमा सो चोकस्थित टेम्पो दुर्घटना भएको खवर पाएलगत्तै केही बेरमै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरी टोलीलाई स्थानीयहरुले केही लुटेराहरु टेम्पो लुटेको जानकारी गराएको थियो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, हरिहरपुरचोकस्थित सडक छेउमा टेम्पो पल्टिएको अवस्थामा भेटिएको छ । सुरुमा दुर्घटना भनिएपछि स्थानीयहरुले त्यसलाई लुटेको बताएको छ । अज्ञात समूहले टेम्पो लुटेको बताइएको छ ।
टेम्पोमा सबार यात्रु तथा टेम्पो चालक अझै फरार रहेका छन् । टेम्पो चालकको समेत अत्तोपत्तो नलागेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । बेबारिसे अवस्थामा रहेको सो टेम्पोलाई प्रहरीले अहिले इलाका ल्याएर अनुसन्धान थालेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, चारै तर्फ प्रहरी खटाएको र लुटेराहरु भाग्न नसक्ने बताए । यात्रुहरुको समेत खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
आज (आइतबार) मध्याह्न १२ बजे प्रहरीले भाग्ने क्रममा धनुषाधामबाट उनीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सेवाग्राहीद्वय मामा भान्जा हुन् । उनीहरू सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नबिब आलम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासत राखी थप अनुसन्धान अगाडी बढाइएको छ ।
जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले यस प्रकारको गतिविधि धेरै नभएपनि फरकफकर शैलीमा लुटपाट भइरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…