पर्साको जगरनाथपुर गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा
स्वास्थ्य कर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनी कमाउँछ। स्वास्थ्य कर्मीहरुले ईमानदारी पुर्वक लागन आग्रह समेत गरे। पुर्णखोप कार्यक्रम गाउँपालिका अधयक्ष जालिम मियाँको अध्यक्षतामा सम्पन भएको थियो।

२०७८ भदौ १३ आइतबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

राजन कुमार बानिया, वीरगँज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकालाई आज एक कार्यक्रमका बिच पुर्ण खोप गाउँपालिका घोषणा गरिएको छ ।
यस गाउँपालिकामा रहेका दुईवर्ष मुनीका बालबालिकाहरुलाई स्वास्थ्य केन्द्रमा पुगी महिला स्वयमसेविकाहरु सहयोगमा अनमी र अहेब हरु ले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज यस गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको हो ।
‘स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ जगरनाथपुर गाउँपालिकाको सभा हलमा गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरिएको पुर्ण खोप घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द मियाले ममबती बालेर उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै खोपको बारेमा विषेशगरी महिलाहरुले बुझनु पर्ने आवश्यक्ता रहेको बताए । देश को कर्णधार बाल बालिका नै हुन। जन्म देखी दुई वर्ष सम्मका बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए ।
स्वास्थ्य कर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै धर्म पनी कमाउँछ। स्वास्थ्य कर्मीहरुले ईमानदारी पुर्वक लागन आग्रह समेत गरे। पुर्णखोप कार्यक्रम गाउँपालिका अधयक्ष जालिम मियाँको अध्यक्षतामा सम्पन भएको थियो।
पाँचै वडाहरुमा पुर्णखोप घोषणा भईसकेकोले जगरनाथपुर गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको छ। कार्यक्रममा सिडियो पितामबर घिमरे,सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, डिएसपी ओमप्रकास खनाल, स्वास्थ्य कार्यालय प्रमुख नवल किसोर साह, जिल्ला सुपरभाइजर अधिकृत पशुपती यादव, जसपा का युवा नेता सरिफ गदी, गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन,वडाअधयक्ष मंगरु राउत गदी ,नगिना राउत अहिर , प्रभुनाथ प्रसाद नुनिया,अयोधया पटेल, एनजियो सि सि अध्यक्ष ईब्राहिम देवान, गाउँ पालिका निमित प्रमुख उतमकार्की स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, सदाम आईटी अफिसर अंसारी ,योजना प्रमुख दिपेन्द्र चौधरी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…