औरही गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा यादव
कार्य सम्पादनमा कुशल मानिएका अधिकृत यादवले औरही गाउँपालिकाको बेतिथिलाई साम्य पार्ने विश्वास स्थानीयहरुको छ । जनप्रतिनीधिहरुले समेत अधिकृत यादवले गाउँपालिकाको वर्तमान अवस्थालाई सुधार गरी नागरिक, कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्धलाई सुधार गर्नमा अहम भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

२०७८ भदौ ८ मंगलबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा अशोक यादव आएका छन् ।
सोमबार औरही गाउँपालिकाको कार्यालयस्थित उनले आफ्नो पदभार ग्रहण गरेका छन् । पटक पटक विवादमा तानिदै आएको धनुषाको औरही गाउँपालिकाको पछिल्लो ४ वर्षमा कैयौं अधिकृत परिवर्तन भएको छ ।
कार्य सम्पादनमा कुशल मानिएका अधिकृत यादवले औरही गाउँपालिकाको बेतिथिलाई साम्य पार्ने विश्वास स्थानीयहरुको छ । जनप्रतिनीधिहरुले समेत अधिकृत यादवले गाउँपालिकाको वर्तमान अवस्थालाई सुधार गरी नागरिक, कर्मचारी र जनप्रतिनीधिबीचको सम्बन्धलाई सुधार गर्नमा अहम भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…