जनकपुरः १२ बर्षको सबै कमाई लिएर श्रीमति अर्कै युवकसँग फरार
उनले प्रहरीसँग उनी भागेपनि पैसा र गर गहना छोराको भरणपोषणको लागि फिर्ता गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।
२०७८ साउन ३२ सोमबार, राति ९:१४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेकोध धनुषाधामस्थित सबै कमाई लिएर एक महिला अर्कै युवकसँग फरार भएपछि श्रीमान विच्चलीमा परेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरस्थितबाट गत मँगलबार अर्कै युवकसँग महिला फरार भएकी हुन् । विगत १२ बर्षदेखि भारतको विहार राज्य मोतिहारीस्थित चिया पसल सँचालन गरेर पाई पाई कमाएर जम्मा गरेको सबै रुपैयाँ र गरगहना समेत लिएर अर्कै युवकसँग फरार भएको बताइएको छ ।
हरिपुर बस्ने अन्दाजी बर्ष ४५ का बिशाल बैलकुटीकी ३५ बर्षिय श्रीमति सुनिता कुमारी सार्गी धनुषाको गोदार बस्ने अनिल कुमार पासवानसँग फरार भएको बताएका छन् । न्यूज ब्यूरोको कार्यालयमा फोन गरी बैलकुटीले आफ्नो १२ बर्षको सबै कमाई लिएर अर्कै युवकसँग भागेको भन्दै न्याय पाउनुपर्ने अपेक्षा राखे ।
गत मँगलबार नै पासवानसँग भागेकी सुनिता फेरी आएनन् । बुधबार मात्र थाहा पाएका बिशालले घरमा भएको डेढ लाख रुपैयाँ, २ तोला सुन र १० तोला चाँदीको पायल र सिक्री समेत लिएर फरार भएकी विशालले भने ।
आफू विगत १२ बर्षदेखि मोतिहारीस्थित चिया बेचेर एक एक पैसा जम्मा गरेको दुःखेसो पोखे । उनले भने, –“परिवार पाल्नको लागि मोतिहारीमा रेल्वे प्लेटफार्मदेखि लिएर बजारमा चिया बेचेर एक एक पाई जम्मा गरी घर पठाएको थिए । घर चलाउँदै जति बाच्थ्यो बचत गरेर डेढ लाख रुपैयाँ घरमा राखिएको थियो । केहीको लत्ता कपडा, गरगहना सहित चल चल्दैथियो । चायमा कतिको कमाई हुनु ? तर एक एक पाई जोडेको थिए, सबै लिएर भागिन् ।”
१६ बर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका बिशाल र सुनिताको एक छोरा छ । १४ बर्षको छोरा एउटै छोरा छ । विशालको घर महोत्तरी जिल्लास्थित रहेको छ । १६ बर्षदेखि ससुरालीमै बस्दै आएका बिशालले आफ्नो नगरपालिका गाउँपालिका समेत भुलेका छन् । उनले सोही ठाउँमा कमाएर दिँदै आएका थिए ।
१२ बर्षपछि घर फर्केका विशालसँग केही दिन बसेर सुनिता गोदार बस्ने अनिल पासवानसँग भागेकी हुन् । उनीहरुको पहिलेदेखि नै सम्बन्ध रहेको र आफू आएपछि भागेको बताएका छन् । यसअघि विशाल बीच बीचमा घर पनि आउने गरेका थिए ।
कहिलेकाँही सुनिता पनि विशालसँग भेटन्को लागि भारत बिहारको समस्तीपुरसम्म जाने गरेकी थिइन् । उत्ताबाट फर्कदा विशालसँग भएको पैसा हातैहात लिएर आउथिन । सबै पैसा जम्मा गरे अनिल पासवानसँग भागेको बताएका छन् ।
यता, अनिल पासवानको घरमा जाँदा अनिल आफ्नो घरमा समेत नभएको बताएका छन् । गत मँगलबार नै छोरा श्रीमानलाई छाडेर फरार भएकी सुनिताको सम्बन्धको बारेमा पहिलेदेखि नै विशाललाई थाहा थियो । तर, सुनितालाई विश्वास गरेर विशालले उनलाई सम्झाएका पनि थिए ।
विशालको हात कटेको छ । विशाल अपाँग पनि हुन । अपाँगता भएर पनि कमाएर सुनितालाई भरणपोषण गर्दै आएका थिए । उनले प्रहरीसँग उनी भागेपनि पैसा र गर गहना छोराको भरणपोषणको लागि फिर्ता गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।
ससुरालीमै बस्दै आएका विशालको एक साली पनि छिन् । सुनिताको बहिनीलाई समेत विशालले नै बच्चैदेखि छोरीजस्तै पालनपोषण् गर्दै आएका थिए । सुनिताले सबै थोक लिएर भागेपछि उनीहरुको पनि बिच्चली भएको छ ।
अन्यन्तै गरिव परिवारबाट रहेको विशालले चिया बेचेर कमाएको सबै पैसा र गरगहना समेत लिएर भागेपछि उनको बिच्चली भएको छ । उनले सहयोगको समेत अपेक्षा गरेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…