जनकपुरः मोसा दुर्घटना हुँदा एक युवकको मुत्यू, छोराछोरीलाई दुःखको बज्रपात
उनको उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको थियो ।

२०७८ साउन ११ सोमबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको बालगँगास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ बालगँगास्थित स्थित आईतबार राती करिब ९ः२० बजेको समयमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) मकेन्द्र मिश्रका अनुसार, धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा टोल बस्ने रघुवीर यादवका ३४ बर्षिय छोरा शँकर यादवको मृत्यू भएको हो ।
गएराती पर्साबाट जनकपुरको लागि गइरहेको अवस्थामा बालगँगाचोक स्थित रहेको घुमाउरो (मोड) मा प्रदेश ३–०२–००९ प ७८१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा चलाएको मोटरसाईकल आफैँ अनियन्त्रित भएर मोडमा घुमाउन खोज्दा चिप्लेर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनापछि गम्भिर घाईते भएका यादवको हात, खुट्टा, ढाड, पियुठ सहित शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको थियो भने उनको उपचारको लागि तत्कालै जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी स्थानीय कुलदिप यादव घाईते भएका छन् । मोटरसाईकलको पछाडी बसेका यादवलाई हात र खुट्टामा चोट लागेको डिएसपी मिश्रले जानकारी दिए ।
मृतक शँकरको एक छोरा र एक छोरी छन् । छोरा अन्दाजी १० बर्षका छन् भने छोरी अन्दाजी ८ बर्षकी हुन् । शँकरको मृत्यूसँगै परिवारजनमा शोकको बज्रपात भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…