एकल महिलाको घर तोडदै झाको धम्की–'यसलाई कसैले सहयोग गरे हातखुट्टा काटिदिन्छु'
यसका साथै उनका छोरा र बुहारीले अपशब्द प्रयोग गरी गाली गलौज समेत गरिएको आरोप सहयोगकर्ताहरुको छ ।

२०७८ साउन ५ मंगलबार, राति १०:११ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, ५ साउन । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक एकल एवम् दलित महिलाको घरबार तोडेर सहयोग गर्नेलाई हातखुट्टा काटिदिने धम्की समेत दिएका छन् ।
महोत्तरीको गौशाला नगरपालिकास्थित दलित एवम् एकल महिलाको घर तोडदै स्थानीय लालबाबू झाले उनलाई सहयोग गर्नेलाई पनि हातखुट्टा भाँचिदिने धम्की दिएका हुन् ।
झा परिवारले घर भत्काएको घटनामा पिडित भनिएकी चन्द्राबती रामलाई राहत सहयोग गर्न जाँदा झा परिवार द्वारा ज्यान मार्ने धम्की तथा अपशब्द प्रयोग गरि गाली गलौज्ज गरिएको हो ।
मँगलबार घर भत्काउने लालबाबु झाको छोरा तथा बुहारीले सार्वजनिक रुपमै राहत बितरण तथा घर बनाउन सहयोग गर्नेलाई हातखुट्टा काटि दिने धम्की दिए । यसका साथै उनका छोरा र बुहारीले अपशब्द प्रयोग गरी गाली गलौज समेत गरिएको आरोप सहयोगकर्ताहरुको छ ।
“आफुले किनेको जग्गामा कसैलाइ बस्न दिदैनौ, जसलाइ जे गर्नु छ गरोस । यसलाई अब कसैले सहयोग पनि गरयो भने हामी उसको हातखुट्टा यही काटिदिन्छौँ ।” भनेर धम्की दिएका थिए ।
जग्गा बेच्ने बद्री ठाकुरका अनुसार त्यो जग्गा चन्द्राबतीको हो, उनले पैसा तिर्न नसकेर त्यो जग्गा लालबाबुको नाममा फिर्ता हुने गरि रजिष्ट्रेशन गरिएको बताइएको छ । जग्गाको लोभ मनमा आएपछी झा परिवारले यस्तो नाटक गरि दलित तथा एकल महिलाको घर भत्काइ कष्ट दिएको आरोप पनि ठाकुरले लगाए ।
रिपोर्टिँगको लागि चन्द्राबतिको घर पुगेका सँचारकर्मी धर्मेन्द्र यादव र निरन्जन साहलाई समेत गाली गलौच गरेपछि उनीहरुले प्रतिकार गरेका थिए । केही बरेपछि मात्र झा परिवार मुख बन्द गरी घर फर्केका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…