मानव सेवा आश्रमको सहयोगमा १८ महिनापछि परिवारिक मिलन 

२०७८ श्रावण ४ सोमबार
बिहान १०:५६ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा मानवसेवा आश्रमले फेरी एक जनालाई परिवारिक मिलन गराएको छ । 

मानसिक सन्तुलन बिग्रिएर विगत १८ महिनादेखि घरबाट सम्पर्कविहिन भएको सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर १४ एमपी टोलि श्रीनगर निवासी ४५ बर्षिय रामभरोस झा लाई मानव सेवा आश्रमले परिवारिक मिलन गराएको छ ।  
 
मानव सेवा आश्रम विरगंजको केहि अभियन्ता र आश्रमको अभिभावक प्रकाश थारुले रामभरोस झा लाई गाडिमा राखेर घर खोज्दा खोज्दै घर मै आई पुग्यो १ करिब १८ महिना अघि घरबाट हराएर बेपत्ता भएका पति अचानक सामुन्ने आएपछि श्रीमती संगितालाई एक क्षणका लागि सपना हो कि विपन्ना छुटयाउनै गाह्रो भयो ।  

घरबाट हराएर बेपक्ता भएका झा लाई आफन्त परिवारले खोजीकार्यमा कुनै कसर बाँकी राखेका थिएन । तर भेटाउन नसकिएपछि आफन्त निराश हुन पुगेको थिए । पतिको वियोगमा दिनरात तडपिरहेको श्रीमतीलाई मानवसेवा आश्रमले अचानक लिएर घरमै आईपुग्दा परिवारका सबै सदस्य लगायत स्थानियवासीहरु भावुक हुन पुगेको थिए ।

लामो समय प्रतिक्षाको वावजुद पनि पतिको कुनै अपोपत्तो नभएपछि कहिल्यै नआउने गरी मलाई एक्लै छोडेर जानुभयो जस्तो लाग्न थालेकोे थिए, श्रीमती संगिताले रुदै भनिन । उहाँको लागि मैले धेरै पर्वब्रत र देवी देउताको भाकल समेत गरे । तर आज पतिको पाएपछि मैले गरेको पूजा सफल भएको छ । 
मानव सेवा आश्रमको टिमले पतिलाई लिएर घरमा आईपुग्दा एकछिन मलाई विश्वासै गर्ने गाह्रो भयो । मैले सपनामै छु जस्तो लाग्यो । पत्नी संगिता भावुक हुदै भनिन । 

राम भरोस झा को दाई सरणागत झा तथा श्रीमति संगीता झा आँखाको आँसू थामन नस्केर अंगालो हाली खुसीको आशु रून थाल्यो । यो भावुक महौल हेरेर त्यहाँ जम्मा भएका गाउँका भद्रभलाहरु, महिला, बृद्व तथा बालबालिका सबैका एक छिनका लागि आँखा रसायो । 


सर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड नं १४ एमपीटोल श्रीनगर निवासी बर्ष ४५ को राम भरोस झा मानसिक अवस्था बिग्रेर गत वि.सं. २०७६ माघ २४ गते देखी आफ्नै गाऊँघर बाट हराएर बेपता भएको थियो । 

धनुषा जिल्लाको महेन्द्रनगरमा बस्दै आईरहेको अन्दाजी वर्ष ४५ को राम भरोसी झा विगत १८ महिना अगाडि मानसिक असन्तुलनको कारण महेन्द्रनगर धनुषाबाट हराई विरगंजमा फुटफाटमा देखे पछि मानव सेवा टिमले उद्वार गरी आश्रममा ल्याएको मानव सेवा आश्रम विरगंजका अभिभावक प्रकाश थारुले जानकारी दिनुभयो ।  स्थानिय समाजसेवी रामकैलास महतोको विशेष सहयोगमा हामीले उहाँको घर समयमै पता लगाउन सफल भयौ । अभिभावक थारुले भने । 

आश्रममा खानपिन र नियमित औषधि उपचार पछि ठिक भएपछि आज एक कार्यक्रम बिच सर्लाही जिल्ला ईश्वरपुर नपा १३ महारानी बजारमा वार्ड सदस्य नथुनी साह, प्रहरी चौकी गौरीशंकरका प्रहरी हवल्दार रूपनारायण पटेल, स्थानीय समाज सेवी राम कैलास महतो, छोरा श्रवण झा, दाई सरणागत झा, नागरिक समाज पत्रकार र स्थानियवासीको रोहवरोहमा झा लाई उहाँको श्रीमति संगीता झा लाई जिम्मा लगाईएको छ । 

 यस महान काम गर्ने मानव सेवा आश्रमका संचालक प्रकाश थारु लगायत उहाँको टिमलाई आफन्तले विशेष धन्यावाद समेत दिएका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७८ श्रावण ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus