धनुषाको लगमास्थित सामुहिक कुटपिट गर्दा युवक गम्भिर, ३ जना पक्राउ 

कुटपिट गरेको आरोपमा नारायण भण्डारी सहित अन्य दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०७८ श्रावण ३ आइतबार
रति १०:४२ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, ३ साउन । पूर्वी धनुषाको कमला नगरपालिकास्थित एक युवकलाई सामुहिक कुटपिट गर्दा एक युवक गम्भिर घाईते भएका छन् । 

कमला नगरपालिका वडा नम्बर ३ लगमास्थित आज बेलुकी स्थानीय २६ बर्षिय लक्ष्मी भण्डारीलाई कुटपिट गर्दा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । 

लगमाको भण्डारी टोलस्थित बेलुकी स्थानीय नारायण भण्डारी सहित उनको परिवारजनले मिलेर लक्ष्मीलाई निर्ममतापूर्वक कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । 

सो क्रममा लक्ष्मीको टाउको फुटेको छ भने उनलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको छ । 

यता, अर्का पक्ष नारायण भण्डारीले भने लक्ष्मीले जबरदस्ती घरमा पसेर गाली गलौज सहित आक्रमण गर्न खोज्दा बचाउमा आफूहरु समातेको बताए । उनका अनुसार, लक्ष्मी भण्डारी केटाहरुको समूहमा आएर घरमा पसी महिलाहरुसँग बलजबरदस्ती सहित दुरव्यवहार गर्न थालेपछि बचाउ मात्र गरेको बताए । 

उनले स्थानीयहरुले लगाएको आरोपलाई खण्डन गर्दै पटक पटक घर पसेर कुटपिट गर्नुका साथै गत वर्ष मात्र आफ्नो जेठो दाईलाई रड प्रहार गरी घाईते बनाएको आरोप लगाए । सो बेला उनलाई अदालतले धरौटीमा रिहा गरेको बताए । 

हप्तेपिच्छै लक्ष्मी भण्डारीले गाउँकै केही युवाहरुको समूहमा आएर कुटपिट गर्ने गरेको बताउँदै शनिबार मात्र आफू र आफ्ना कान्छो भाईलाई लगमा बजारस्थित निमर्मतापूर्वक कुटपिट गरेको बताए । बजारमा मान्छेहरु भएपछि आफू बाँचेको बताउँदै उनले आफूमाथि छुरा समेत प्रहार गरी कानमा घाउ पुरयाएको पनि बताए । 

कुटिएको भनिएको लक्ष्मी भण्डारी समाजमा उच्छृँगल खालको गतिविधि गर्दै आफू र आफ्नो परिवारमाथि बारम्बार हमला गर्नुको साथै महिलाहरुमाथि समेत दुरव्यवहार गरेको आरोप लगाए । उनले इलाका प्रहरी कार्यालय खजुरीमा जीउ ज्यानको सुरक्षाको लागि निवेदन दिएपनि प्रहरीले केही पनि चासो नलिएको आरोप लगाए । 

शनिबार दुई पक्षबीच भएको झगडाको निहुँमा आईतबार बेलुकी लक्ष्मीलाई पुनः कुटपिट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर रबिन मैनालीले घाईते भण्डारीलाई अस्पताल पठाएको बताए । 
 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 88%

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टिकटकमा हाल्ने युवक पक्राउ 

  • २०७८ श्रावण ३ आइतबार

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री

पूरा पढ्नुहोस्

Bureau Menus