Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
काठमाडौँ, २१ मंसिर : मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो । हलमा दुई भागमा मतगणन

२०७४ मंसिर २१ बिहीबार, राति १०:०४ बजे१ मिनेट पढाइ
काठमाडौँ, २१ मंसिर : मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् ।
संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।
हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको छ । तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
धादिङ– यस जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि शुरु भएको छ ।
यहाँ भिन्दाभिन्दै छ स्थानमा मतगणना सुरु गरिएको छ । तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले बताउनुभयो ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख १५ हजार ३५५ मतदातामध्ये ७६ हजार ९५० जनाले मतदान गरेका थिए ।
लमजुङ– लमजुङमा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आज साँझ ५ बजेदेखि मत गणना शुरु गरिएको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभाका लागि दुई समूह, प्रदेश सभा क र ख मा एक÷एक समूह बनाई मतगणना गरिँदै छ ।
मतगणनामा कर्मचारीसहित राजनीतिक दलका एक÷एक प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा कर्मचारी, दलका आधिकारिक प्रतिनिधि र सञ्चारकर्मीबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।
लमजुङमा प्रतिनिधि सभा सदस्यका लागि ११ जना र दुई प्रदेशमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक लाख १५ हजार ४४९ मतदाता रहेको यस जिल्लामा ७७ हजार तीनसय ४० मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
शनिबार · त्रयोदशी
तस्बिर: khilak karki / Wikimedia Commons / CC BY-SA 4.0शनिबार · त्रयोदशी
काग तिहार, धन्वन्तरी जयन्ती
काग तिहार, तिहार पर्वको दोस्रो दिन मनाइन्छ जसमा कागलाई विशेष सम्मान दिइन्छ। यस दिन कागका लागि खानेकुराहरू बाहिर राखिन्छन्, ताकि महत्वाकांक्षी र सन्तोषजनक जीवनको प्रतीक मानिएको कागले आँगनमा आउने अवसर पाउँन। यसै दिन धन्वन्तरी जयन्ती पनि मनाइन्छ, जसमा आयुर्वेदका देवता धन्वन्तरीको पूजा गरी स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। दुवै पर्व नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्छन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २१ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। रोजगारीको प्रयासमा सकारात्मक खबर मिल्नेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…