निरन्तर सहयोगमा नौयसविघा समाज, मण्डल परिवारलाई ५१ हजार सहयोग 

समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ। 

२०७८ जेठ ३० आइतबार
रति ९:४० बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, धनुषा । निरतर सहयोग गर्दै आएका युवाहरुको समूह नौसय विघा समाज सहयोग युवा समूहले पुनः एक पीडितलाई सहयोग गरेको छ । 

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने बर्ष ६५ का जुगल मण्डलको परिवारको आर्थिक अवस्था अन्त्यन्त कमजोर भएको अवस्थामा समूहले ५१ हजार रुपैयाँ सहयोग गरेको हो । 

मण्डलको अवस्था बारे टिमका सँयोजक विजय कुमार मण्डलले फेसबुक मार्फत सहयोगको अपिल गरेका थिए । सोही भिडियोको आधारमा उनलाई समूहका पदाधिकारी एवम् समूहले उनलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । 

नौसय विग्हा समाज सहयोग युवा समुह द्वारा शनिबारका दिन नगद नेपाली ५१ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । 

पिडित परिवारले नौसय विग्हा समाज सहयोग युवा समुह का र उनलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई आभार प्रकट गरे । सउदी,कतार,मलेसिया,कुवेत,कोरिया मा कार्यरत युवाहरुलाई आभार प्रकट गरेको छ।

सेवा र सहयोग नै मानव  धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देशमा अशाय निसाय, बिपन्न परिवाररहरु , दलित , बिरामी जस्ता समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन । 

समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ। 

समाजमा सद्भाव,मानवता को परिचय का साथ देशमा समस्या परेको बेला साथ सहयोग सम्पूर्ण मधेशी लगायत देशवाशीमा समर्पित रहेको पदाधिकारीहरु बताउँछन् । 

समूहका अरुण कुमार मण्डल, विन्दल कुमार यादव, दिनेश कुमार मण्डल र शंम्भु कुमार मण्डल र अहिले नेपालमा नेपाल सरकार द्वारा लगाइएको निषेधाज्ञाकालाई मध्य नजर गर्दै पिडितको घरमा गएर नै सहयोग गरेको भन्दै कृतज्ञता प्रकट गरेको छ । 

  • 40%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मेसीको अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका

  • २०७८ जेठ ३० आइतबार

न्यूज ब्यूरो, एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि

पूरा पढ्नुहोस्

Bureau Menus