प्रदेश २ः आफनै श्रीमती माथी एसिड प्रहार, श्रीमान पक्राउ
उनले रुँदै भनिन्, ‘यसअघि एसिड आक्रमण परेको भन्ने फेसबुकमा मात्र देखेको थिएँ । आज आफ्नै साथमा यस्तै घटना भयो ।

२०७८ जेठ ३० आइतबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि।क। लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।
पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ । एसिडबाट महिलाको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।
पीडित महिलाका अनुसार शनिबार करिब साँझ ६ बजेतिर विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए।
विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।
उनले रुँदै भनिन्, ‘यसअघि एसिड आक्रमण परेको भन्ने फेसबुकमा मात्र देखेको थिएँ । आज आफ्नै साथमा यस्तै घटना भयो । त्यो पनि आफ्नै श्रीमान्द्धारा ।’ समयमै देखेर खोसेकाले एसिड भने उनको मुखमा नपरेको दिपिकाले बताइन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार घटनाको सुचना पाएलगत्तै वि।क। लाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…