वैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई गुलशन मदिनाको आर्थिक सहयोग 

समाजसेवी जुबराईल सेख ,देब नारायण महतो लगायत स्थानीय भद्रभलादमीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

२०७८ जेठ २२ शनिबार
बिहान ०७:३२ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १३ किरतपुर मुखिया टोलमा गुलशन मदिना समाज सेवा कल्बले वैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेका छ्न ।

सबैला नगरपालिका वडा १३ किरतपुर बस्ने मुखिया टोल बस्ने स्व भाग्यमनी मुखिया वैदेशिक रोजगारमा दुर्घटनामा परेर ज्यान गएको छ । करोब एक महिना अगाडि कारले ठक्कर दिदा ज्यान गएको हो ।

मुखियाको दुई ओटा छोरी ,एउटा छोरा रहेको परिवारजनको आर्थिक अवस्था गम्भीर भएकोले गर्दा क्लबले सहयोग गरेका हुन ।

मृतक भागमनि मुखियाको श्रीमती नगिना देवि मुखियालाई स्थानीय कल्ब गुलशन मदिना समाज सेवा कल्बका सदस्यहरु वैदेशिक रोजगारमा रहेकोले सानो सहयोग स्वरुप ५१ हजार एक सय रुपैया हस्तान्तरण गरेका क्लबका प्रतिनिधि सकिल सेखले जानकारी दिए ।

समाजसेवी जुबराईल सेख ,देब नारायण महतो लगायत स्थानीय भद्रभलादमीको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

  • 29%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 14%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ जेठ २२ शनिबार

Bureau Menus