धनुषाको धनौजी गाउँपालिकामा जनप्रतिनीधिहरुको कमिशन भागबण्डा नमिलेपछि योजनाहरु स्थगित
यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।

२०७८ जेठ २० बिहीबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जहिले पनि विवादमै रहेको धनुषाको धनौजी गाउँपालिकामा जनप्रनिधीहरुको कमिशन भागबण्डा नमिलेपछि योजनाहरु स्थगित गरेको छ ।
विहिबार धनौजी गाउँपालिकाले एक सूचना जारी गर्दै नेपाली काँग्रेसको डेलिगेशनलाई हवाला दिँदै आर्थिक वर्षको अन्तिममा विकास निर्माणको कार्यहरु सुचारु नहुँदै योजनाहरु स्थगित गरिएको सूचना निकालेपछि नागरिकहरु आक्रोसित भएका छन् ।
सूचनामा वडाध्यक्षहरुको योजना सँकलन र समिति निर्माणमा समन्वय नगरेको भन्दै योजनाहरु नै स्थगित गरिदिएको हो । गाउँपालिकाको पाँच वटै वडामा एक आध ठाउँमा समिति निर्माणमा विवाद भएको अवस्थामा सिँगो गाउँपालिकाकै योजनाहरु स्थगित गरिदिएपछि विकास निर्माणको कार्य शून्य भएको छ ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट गाउँपालिका उपाध्यक्ष रामवत्ति देवी मण्डलको अध्यक्षतामा आएको ज्ञापनको आधारमा गाउँपालिकाको सम्पूर्ण योजनाहरु स्थगित गरिदिएको गाउँपालिका अध्यक्ष बद्रीनारायण सिँहद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष सम्पन्न हुन डेढ महिनाभन्दा पनि कम रहेको समयमा योजनाहरु स्थगित भएपछि यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…