बिहेमा दुल्हा सहित १५ जनाभन्दा बढी गए पक्राउ गरिने
परीक्षण गराए थप व्यक्तिहरुमा पनि सँक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

२०७८ जेठ १० सोमबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार आगामी जेठ १७ गतेसम्मको लागि निषेधाज्ञालाई लम्ब्याएको छ ।
सोमबार बसेको बैठकबाट धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलाले बिहेमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी निर्देशन दिएका छन् । सोको अनुगमन भने प्रहरीले गर्न भएको छ ।
धनुषामा विहे वा मृत्यू भोजमा सहभागी भएकाहरुमा कोरोना सँक्रमण हुने गरेको तथ्यलाई आत्सामत गर्दै त्यस्ता भोजभतेर समेत नगर्न आग्रह गर्दै विहेमा १५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिएको हो ।
अत्यावसक बाहेकका अन्य सेवा सुविधा सहित सवारी साधानहरु समेत रोक लगाउने जनाउँदै बिहेको लागि दुई वटासम्म गाडी प्रयोग गर्न पाउने उल्लेख गरिएको छ । निर्णयमा गाडीमा विवाहको बैनर लगाउन समेत भनिएको छ ।
जनकपुरमा केही हदसम्म नियम निष्ठा पालना भएको देखिएपनि धनुषाको ग्रामिण भेकमा भने लकडाउन र निषेधाज्ञाको प्रभाव भने शून्य देखिन्छ । ग्रामिण भेकमा अहिले पनि तामझाले विवाह, पूजा लगायत अन्य कार्यक्रमहरु गरिरहेको भएपनि प्रहरीको अत्तोपत्तो देखिदैनन् ।
केही दिन अघि मात्र धनुषाको कमला नगरपालिकामा एक विवाहमा सहभागी भएका कोरोना सँक्रमितपछि गरिएको परीक्षणमा एकै टोलका ८ जनामा कोरोना सँक्रमण पुष्टि भएको थियो । परीक्षण गराए थप व्यक्तिहरुमा पनि सँक्रमण हुन सक्ने अनुमान गरिएको छ ।
धनुषाको ग्रामिण भेकहरुमा हाट बजारमा केही कडाई गरिएपनि पसल लगायत व्यक्तिको आवतजावत, सामुहिक बैठक, नाचगान, भजन किर्तन सहित अन्य सामुहिक क्रियाकलाप भने पूर्ववतझैं सँचालन रहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…