धनुषाधामका जनप्रतिनीधि र कर्मचारी घर-घर गएर उपचार तथा औषधी दिँदै
अब प्रत्येक दिन नगरपालिकाको ९ वटै वडामा सम्बन्धित वडाध्यक्षको रोहबरमा नगरपालिकाबाट कर्मचारी खटेर घर घर पुगी औषधी उपचार गर्ने जनाइएको छ ।

२०७८ जेठ ९ आइतबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रदेश २ को धनुषा जिल्लास्थित धनुषाधाम नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुले आम नागरिकको घर घरमा गएर सेवा दिन थालेका छन् ।
कोरोना महामारीको बीच अन्य रोगबाट ग्रसित भएर अस्पताल समेत जान नपाएको अवस्थामा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहित अन्य कर्मचारीहरुले घर घरमा गएर औषधी उपचार गर्ने सुरुवात गरेको छ ।
आईतबार धनुषाधाम नगरपालिकाको वडा नम्बर ९ मा सँभावित कोरोना सँक्रमितको घरघरमा पुगेर एक टोली बनाई घरमै औषधी उपचारको व्यवस्था मिलाएको हो । अबदेखि यो क्रम निरन्तर रहने मेयर बालेश्वर मण्डलले बताए ।
अब प्रत्येक दिन नगरपालिकाको ९ वटै वडामा सम्बन्धित वडाध्यक्षको रोहबरमा नगरपालिकाबाट कर्मचारी खटेर घर घर पुगी औषधी उपचार गर्ने जनाइएको छ ।
डा.अशोक शाह, डा. जय प्रकाश यादव लगाएतका स्वास्थकर्मी तथा नगरपालिकाका नगर प्रमुख वालेश्वर मण्डल, उप प्रमुख विद्या देवी भुजेल, सम्वन्धित वडाका वडा अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत गणेश राज कार्की र स.कअ. उमेश कुमार यादव लगायतको संयूक्त टोलीले प्रत्येक दिन वडाहरुमा सम्भावित कोरोना संक्रमित व्यक्तिहरुको घर घरमा गई उपचार गर्ने, औषधि दिने र उचित राय सल्लाह दिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…