समाज परिवर्तनको नमुना, सिरहामा भयो आदर्श विवाह
बिनय यादव, सिरहा, २३ फागुन । विवाह भन्ने बित्तिकै हामी तपाईले बुझ्ने कुरा र सुनेको कुरा बाजागाजा, जन्ती, भोज भतेर अनि ठूलो भिड र पार्टी तर यस मध्ये कुनै पनि कुरा नगरी एक जोडीले रमैणी विवाह (दाइजोरहित आदर्श विवाह) गरेका छन् । समाजमा रहेको व्याप्त दाइजो प्रथा र समुदाय बीचको अनमेलका कारणले धेरैलाई विवा

२०७४ फागुन २३ बुधबार, बिहान १०:२१ बजे२ मिनेट पढाइ

बिनय यादव, सिरहा, २३ फागुन । विवाह भन्ने बित्तिकै हामी तपाईले बुझ्ने कुरा र सुनेको कुरा बाजागाजा, जन्ती, भोज भतेर अनि ठूलो भिड र पार्टी तर यस मध्ये कुनै पनि कुरा नगरी एक जोडीले रमैणी विवाह (दाइजोरहित आदर्श विवाह) गरेका छन् ।
समाजमा रहेको व्याप्त दाइजो प्रथा र समुदाय बीचको अनमेलका कारणले धेरैलाई विवाह अहिले महँगो हुन थालेको छ । तर, सिरहाको मिर्चैया नगरपालिका स्थित सितापुरमा एक जोडीको बीचमा आदर्श विवाह सम्पन्न भएको छ ।
सिरहाको मिर्चैया नगरपालिका २ सितापुरकी १९ वर्षीया पुजा कुमारी महतो र सो जिल्लाकै अर्नमा गाउँपालिका ३ का २३ वर्षिय देवनारायण महतो बीच सोमबार आदर्श विवाह भएको हो ।
अपन मिथिला सेवा समाजको विशेष पहलमा सम्पन्न यस विवाहमा बेहुलाका बुवा र आफन्तहरु तथा बेहुलीकी बुवा, आमा र केही छरछिमेकको उपस्थितिमा बिना जग्गे, बिना जन्ती र बिना लेनदेन अर्थात् विना दाइजोको भएको थियो । दुबै बीचमा रमैणी नामक मन्त्र पढेर आदर्श विवाह सम्पन्न भएको समाजका अभियन्ता एवम् हाल समाजसेवामा सक्रिय समाजसेवी मन्साराम यादवले जानकारी दिए ।
समाजमा रहेको व्याप्त दाइजो प्रथालाई अन्त्य गर्ने सन्देश प्रवाह स्वरुप विवाह सम्पन्न गरेको बेहुलीकी बुवा भोली महतोले जानकारी दिए । दुई बीचको विवाहमा न त जग्गे न त जन्ती न त भोजभतेर विवाह सम्पन्न भएको बेहुलाका बुवा कारीलाल महतोले न्युज ब्यूरोलाई भने ।
यो विवाह समाज परिवर्तनको नमुना भएको स्थानीयले बताएका छन् । यस विवाहमा लत्ता कपडासमेत नदिई एकले अर्कालाई ढोगेर रमैणी पढेर विवाह सम्पन्न गरेको बेहुली पक्षले जानकारी दिए । यो विवाह मधेसी समूदायमा राम्रो र उदाहरणीय भएको स्थानीयहरुले बताए ।
मधेसी समुदायको विवाहमा भोजभतेर र दाइजोलगायतका कुरा छाडेर केटा र केटी बीचको आदर्श विवाह भएको हो । रमैणीको आधारमा भएको विवाहले समाजमा सार्थक सन्देश दिएको स्थानीयले बताए ।
यो विवाहमा सिन्दुर, पोते र दुवै पक्षको जन्तीहरू भएपनि विवाहमा त्यो कुनै पनि संकेत नगरी एउटा कागज लेखेको भरमा विवाह हुने गरेको बेहुलाका बुवा महतोले बताए । यस विवाहले समाज परिवर्तनमा अहम् भुमिका तथा व्याप्त दाइजो प्रथालाई अन्त्य संदेश प्रवाह स्वरूप अपन मिथिला सेवा समाजले आदर्श विवाह प्रमाण-पत्र प्रदान गरेको समाजका केन्द्रिय अध्यक्ष कैलाश यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…