दलित र अल्पसँख्यकको लागि सार्वजनिक दलान
न्यूज ब्यूरो || जनकपुरधाम, २२ फागुन । दलित र अल्पसँख्यकहरुको लागि सार्वजनिक दलानको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ स्थित महरा टोल धबौलीमा नगरपालिका मेयर उदय कुमार बरबरियाले उक्त दलानको शिलान्यास गरेको हो । पीछडिएका तथा सरकारको सेवा सुविधाबाट अझै बञ्चित रहेका

२०७४ फागुन २२ मंगलबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २२ फागुन । दलित र अल्पसँख्यकहरुको लागि सार्वजनिक दलानको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ स्थित महरा टोल धबौलीमा नगरपालिका मेयर उदय कुमार बरबरियाले उक्त दलानको शिलान्यास गरेको हो ।
पीछडिएका तथा सरकारको सेवा सुविधाबाट अझै बञ्चित रहेका उक्त समुदायले गाउँमा आउने जयन्ती तथा अन्य प्रयोजनको लागि सार्वजनिक दलानको माग गरेपछि मेयर बरबरियाले सर्वसहमतिबाट सार्वजनिक दलान बनाउने घोषणासँगै शिलान्यास समेत गरेका छन् ।
नगरपालिकाकी उपमेयर शिला कापर, वडाध्यक्ष मनोज साह सहित अन्य वडाध्यक्षहरुको उपस्थितिमा मेयर बरबरियाले उक्त सार्वजनिक दलानको शिलान्यास गरेका हुन् ।
दलान केही दिनभित्रै निर्माण गरिने प्रतिबद्धता जनाउँदै बरबरियाले कुनै प्रकारको खाँचो भए खुल्ला रुपमा भन्न आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…