सिरहामा पेट्रोल भराउँदै गरेको सरकारी मोटरसाईकलमा अचानक आगलगी
आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ ।
२०७८ बैशाख ३० बिहीबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित पेट्रोल पम्पमा पे्टरोल भराउँदै गरेको अवस्थामा एक सरकारी नम्बर प्लेटको गाडीमा आगलगी भएको छ ।
विहिबार दिउँसो करि ३ः३० बजेको समयमा सिरहाको चोहर्बा स्थित रहेको पेट्रोल पम्पमा सो मोटरसाईकलमा आगलगी हुँदा केही भाग जलेको प्रहरीले जनाएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको गोपाल पेट्रोल पम्पमा स १ ब १०४६ नम्बरको मोटरसाईकलमा आगलगी भएको हो । पेट्रोल पम्पमा तेल हाल्न जाँदा अचानक आगलगी भएको बताइन्छ ।
सो पम्पमा आगो निभाउने उपकरण नभएको कारण पनि मोटरसाईकलको केही भाग जलेको हो । पम्पमा सो यन्त्र भएको भए मोटरसाईकल सुरक्षित हुनेथियो । सो मोटरसाईकल कर्जन्हा नगरपालिकाका कर्मचारी सरोज पासवानले चलाउँदै आएका थिए ।
आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…