सिरहामा पेट्रोल भराउँदै गरेको सरकारी मोटरसाईकलमा अचानक आगलगी 

आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ ।

२०७८ बैशाख ३० बिहीबार
दिउसो ४:३५ बजे
आनन्द शर्मा

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लास्थित पेट्रोल पम्पमा पे्टरोल भराउँदै गरेको अवस्थामा एक सरकारी नम्बर प्लेटको गाडीमा आगलगी भएको छ । 

विहिबार दिउँसो करि ३ः३० बजेको समयमा सिरहाको चोहर्बा स्थित रहेको पेट्रोल पम्पमा सो मोटरसाईकलमा आगलगी हुँदा केही भाग जलेको प्रहरीले जनाएको छ । 

सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको गोपाल पेट्रोल पम्पमा स १ ब १०४६ नम्बरको मोटरसाईकलमा आगलगी भएको हो । पेट्रोल पम्पमा तेल हाल्न जाँदा अचानक आगलगी भएको बताइन्छ । 

सो पम्पमा आगो निभाउने उपकरण नभएको कारण पनि मोटरसाईकलको केही भाग जलेको हो । पम्पमा सो यन्त्र भएको भए मोटरसाईकल सुरक्षित हुनेथियो । सो मोटरसाईकल कर्जन्हा नगरपालिकाका कर्मचारी सरोज पासवानले चलाउँदै आएका थिए । 

आगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ बैशाख ३० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus