जनकपुरः बिहानैदेखि शौचालयको हदमा खसेका साँढेलाई जेसिबीले उद्धार
जानकारी पाएपछि करिब १२ बजेदेखि उद्धारमा खटेका उद्धारकर्मीहरुले करिब १ः३० बजेसम्म उद्धार गरेका थिए । जनकपुरको उद्धार टोलीलाई स्थानीयहरुले प्रशँसा गरे ।

२०७८ बैशाख २४ शुक्रबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित बिहानैदेखि एक साँढे शौचालयको हदमा खसेपछि दिउँसोसम्म उद्धार गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको उद्धार टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोकस्थित शौचालयको हदमा फँसेका साँढेलाई जेसिबीको मदतले उद्धार गरेको हो ।
बिहान करिब ७ बजेतर्फ एक सँचारकर्मी मनोज मोरबैताले साँढे फँसेको तस्विर आफ्नो फेसबुकमा हालेका थिए । सोही तस्विर न्यूज ब्यूरोले समेत प्रयोग गरी समाजिक सँजालमा हालेको थियो ।
नगरपालिकाको उद्धार टोलीलाई समेत जानकारी गराएपछि केही बेरमा आएको टोलीले साँढेको उद्धार गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरमा गाई, साँढे जस्ता जनावर उद्धारको लागि एक टिम नै बनाएको हो ।
बिहानैदेखि बर्षा हुन थालेपछि बर्षा छल्नको लागि दुई घरको बीचमा बनाइएको शौचालयको हदमा पुगेका साँढेको भार थाम्न नसकेपछि हदको छानो (कभर) भत्किएको थियो । छानो भत्केर साँढेको आधी भन्दा बढी शरिर हदमा खसेको थियो ।
सिमेन्टको कडा ढलान साँढेको शरिरमा पीडा दिरहेको थियो । तस्विर समाजिक सँजालयमा अधिक शेयर भएपछि अन्य विभिन्न ठाउँबाट पनि नगरपालिकामा जानकारी गएपछि उद्धारकर्मी कर्मचारीहरुले साँढेको सकुशल उद्धार गरेको हो ।
जानकारी पाएपछि करिब १२ बजेदेखि उद्धारमा खटेका उद्धारकर्मीहरुले करिब १ः३० बजेसम्म उद्धार गरेका थिए । जनकपुरको उद्धार टोलीलाई स्थानीयहरुले प्रशँसा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…