धनुषामा ट्रकमा अटो रिक्साले ठोकेपछि...
सो दुर्घटनामा चालक सहित पाँच जना घाईते भएको छ । घाईतेहरुको अवस्था समान्य रहेको जनाइएको छ ।

२०७८ बैशाख २४ शुक्रबार, दिउँसो ३:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको पौडेश्वरस्थित रोकी राखेको ट्रकमा अटो रिक्साले ठक्कर दिएको छ ।
शुक्रबार दिउँसो करिब २ः४५ बजेको समयमा रोकिराखेको ट्रकमा अटो रिक्साले ठक्कर दिएपछि पाँच जना घाईते भएका छन् । चालक सहित ४ यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कपिलेश्वरका अनुसार जनकपुर–शहिदपथ सडकखण्डमा सडक छेउमा रोकिराखेको प्रदेश–०१–००५ ख ९८९० नम्बरको ट्रकमा जनकपुरबाट धनुषाको खरिहानीतर्फ जाँदै गरेको ज १ ह ३०११ नम्बरको अटो रिक्साले ठक्कर दिएको थियो ।
यात्रु सबार सो अटो रिक्सा अनियन्त्रित भएर रोकि राखिएको ट्रकमा ठक्कर दिएको प्रहरीले जनाएको छ । सडक छेउमा ट्रक रोकेर भुँसा लोड गरिरहेको अवस्थामा तीव्र गतिमा चलाएको अटो रिक्साले ठोकेको बताइएको छ ।
सो दुर्घटनामा चालक सहित पाँच जना घाईते भएको छ । घाईतेहरुको अवस्था समान्य रहेको जनाइएको छ । अटो रिक्सा आफैं ठोकिएपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…