धनुषाको तारापट्टिमा चोरको त्रास, प्रहरीसँग व्यापारीहरुको हारगुहार
व्यापारीहरुले लकडाउन र निषेधाज्ञामा पसल खोल्न नपाउँदा पनि राती चोरहरुले पसल लुटने प्रयास गर्ने गरेको बताएका छन् ।

२०७८ बैशाख २३ बिहीबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको तारापट्टि बजार स्थित अहिले चोरले त्रास मच्चाएको छ ।
नगरपालिकाको कार्यालय समेत रहेको तारापट्टि बजारस्थित स्थानीय व्यावसायीहरुले चोरको बिगबिगीले त्रसित बनेका छन् । सोही ठाउँमा रहेको प्रहरी चौकीले समेत सुरक्षा दिन नसकेको व्यापारीहरुको गुनासो छ ।
बुधबार राती समेत स्थानीय शँकर साहको पसल शँकर ट्रेडर्समा दुई चोरले ताला फुटाउने प्रयास गरेका थिए । नजिकै रहेको प्रहरीले लखेटेपछि उनीहरु भागेको जनाइएको छ ।
राती करिब पौने २ बजेको समयमा शँकर साहको साह ट्रेडर्समा चोरहरुले सटरको ताला फुटाउने प्रयास गरेका थिए । केही दिन अघि मात्र सो बजारमा रहेको ग्लोबल आईएमई बैँकको शाखामा चोरीको प्रयास गरेको सिसिटिभी क्यामेरलाई व्यापारी साहले उदृत गरे ।
बजारदेखि मात्र १०० मिटरको दुरीमा रहेको प्रहरी चौकी भएपनि चोरहरुले पसलको ताला फुटाउने प्रयास गर्ने गरेको भन्दै त्रास छ । व्यापारीहरुले लकडाउन र निषेधाज्ञामा पसल खोल्न नपाउँदा पनि राती चोरहरुले पसल लुटने प्रयास गर्ने गरेको बताएका छन् ।
व्यापारी साहले नजिकै रहेको प्रहरीलाई पसलको रक्षा गरिदिन आग्रह गरेका छन् । उनले सुरक्षाकर्मीकै अगाडी बजार र नगरपालिकाको कार्यालय समेत भएकोले सुरक्षा प्रत्याभूतिको लागि आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…